उपनिर्वाचन : सल्यानको कुमाखमा नेकपाका बुढाथोकी विजयी
सल्यान । कुमाख गाउँपालिका–५ मा वडाध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार धर्मे बुढाथोकी विजयी भएका छन् ।
उनले ७९२ मत प्राप्त गरी विजयी भएका हुन् ।
बुढाथोकीका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका खड्कबहादुर बोहराले २५१ मत प्राप्त गरे ।
यस्तै राप्रपाका गोपाल शाहले २१ मत प्राप्त गर्नुभयो भने ६० मत बदर भएको थियो ।
कूल एक हजार ८३९ मतदाता रहेकामा एक हजार १२४ मत खसेको जिल्ला निर्वाचन अधिकारी हरिबहादुर बुढाथोकीले जानकारी दिए ।
निर्वाचनमा ६१ दशमलव १२ प्रतिशत मत खसेको थियो।
तत्कालीन वडाध्यक्ष हरिप्रकाश बुढाथोकी जिल्ला समन्वय समितिको उपप्रमुखमा निर्वाचित भएपछि वडाध्यक्ष पद रिक्त भएको थियो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment