उपनिर्वाचन : सल्यानको कुमाखमा नेकपाका बुढाथोकी विजयी

डिसी नेपाल
१४ मंसिर २०७६ २१:५१

सल्यान । कुमाख गाउँपालिका–५ मा वडाध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार धर्मे बुढाथोकी विजयी भएका छन् ।

उनले ७९२ मत प्राप्त गरी विजयी भएका हुन् ।

बुढाथोकीका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका खड्कबहादुर बोहराले २५१ मत प्राप्त गरे ।

यस्तै राप्रपाका गोपाल शाहले २१ मत प्राप्त गर्नुभयो भने ६० मत बदर भएको थियो ।

कूल एक हजार ८३९ मतदाता रहेकामा एक हजार १२४ मत खसेको जिल्ला निर्वाचन अधिकारी हरिबहादुर बुढाथोकीले जानकारी दिए ।

निर्वाचनमा ६१ दशमलव १२ प्रतिशत मत खसेको थियो।

तत्कालीन वडाध्यक्ष हरिप्रकाश बुढाथोकी जिल्ला समन्वय समितिको उपप्रमुखमा निर्वाचित भएपछि वडाध्यक्ष पद रिक्त भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *