आज घट्यो सुन – Dcnepal

आज घट्यो सुन

काठमाडौं । आज (बिहीबार) नेपाली बजारमा सुनको भाउ घटेको छ ।

आज छापावाल सुन प्रतितोला ७२ हजार रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार छापावाल सुन प्रतितोला ७२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तैगरी आज तेजावी सुनको भाउ पनि घटेको छ । आज तेजावी ७१ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार तेजावी सुन ७१ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज बजारमा सुनको भाउसँगै चाँदीको भाउ पनि घटेको छ । आज चाँदी प्रतितोला ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी ८ सय ६५ रुपैयाँ रहेको थियो ।

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो