‘मिस वर्ल्ड’को भोटिङमा अनुस्का दोस्रो स्थानमा, यसरी गर्नुहोस् भोट
काठमाडौं। ‘मिस वर्ल्ड २०१९’ प्रतियोगिता सुरु हुन मात्रै दुई दिन बाँकी छ। प्रतियोगितामा यस पटक नेपालको प्रतिनिधित्व ‘मिस वर्ल्ड नेपाल २०१९’ अनुस्का श्रेष्ठले गर्दैछिन्। त्यसका लागि उनी अहिले लण्डनमा छिन्।
प्रतियोगितामा विश्वभरबाट आएका १ सय २४ सुन्दरीबीच रोचक प्रतिस्पर्धा हुनेछ । अहिले ‘मिस वर्ल्ड’का लागि भोटिङ चलिरहेको छ। प्रतियोगितामा सहभागीहरु आफ्नो भोट बढाउन लागिपरेका छन्।
यस्तोमा अनुस्का भोटिङको दोस्रो स्थानमा छिन्। यो समाचार तयार पार्दासम्म उनले ११.८८ प्रतिशत भोट पाएकी छिन्। पहिलो स्थानमा भियतनामकी सुन्दरी लोअङ थुय लिंह छिन्। उनले १३.७३ प्रतिशत भोट प्रात गरेकी छिन्। त्यस्तै ११.५४ प्रतिशत भोट ल्याउँदै बङ्गलादेशकी सुन्दरी रफह तेर्सा तेस्रो स्थानमा छिन्।
प्रतियोगितामा भोटिङमा पहिलो स्थानमा पुग्ने प्रतिस्पर्धिले ‘मल्टिमिडिया अवार्ड’ जित्नेछिन्। जसले विजेतालाई १ सय २४ बाट सोझै उत्कृष्ट २० मा पर्याउनेछ। त्यसैले अनुस्कालाई भोटकोे निकै खाँचो छ ।
भोट कसरी गर्ने ?
अनुस्कालाई भोट गर्न ‘मोबस्टार’ एप डाउनलोड गर्नुपर्ने हुन्छ। त्यसपछि एपमा गएर अनुस्का श्रेष्ठ सर्च गरि उनले पोष्ट गरेका फोटोहरुमा लाईक र कमेन्ट गर्नुपर्नेछ। त्यस्तै मिस वल्र्डको आधिकारिक वेबसाइटमा गएर अनुस्कालाई भोट गर्न सकिन्छ।
गत वर्ष ‘मिस वल्र्ड २०१८’ मा नेपालको प्रतिनिधित्व गर्दै श्रृङ्खला खतिवडाले ‘मल्टिमिडिया अवार्ड’ र ‘व्युटी विथ प्रपोज’ उपाधि जितेकी थिइन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment