महोत्तरीको जलेश्वरमा बम फेला

प्रतिनिधिमुलक तस्बिर


महोत्तरी । महोत्तरीको सदरमुकाम जलेश्वर नगरपालिका–२ मा अवस्थित डिभिजन वन कार्यालयको प्राङ्गणभित्र फेला परेको बम आज बिहान निस्क्रिय गरिएको छ।

आइतबार साँझ वन कार्यालयको हाताभित्र पार्किङ गरी राखिएको चारपाङ्ग्रे गाडीमुनि झोलाभित्र फेला परेको प्रेसरकुकर बम बिहान साढे १० बजेतिर नेपाली सेनाको बम टोलीले निस्क्रिय गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताए ।

नेपाली सेनाको रणभीम गणको टोलीले चौरमा ल्याएर सो ठाउँमा खाल्डो खनेर, चारैतिरबाट बोरामा बालुवा राखी घेरेर सुरक्षितपूर्वक निस्क्रिय गरेको तथा कुनै पनि मानविय र भौतिक क्षति नभएको प्रहरी उपरीक्षक अधिकारीले बताए ।रासस

Facebook Comment


Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

ताजा भिडियो

No ads found for this position