भयानक दुर्घटनापछि सन्धिखर्क–बुटवल सडक खण्ड विस्तार

डिसी नेपाल
२५ मंसिर २०७६ १३:१७

अर्घाखाँची । साँघुरो सडकका कारण पटक पटक सवारी दुर्घटना हुने गरेको अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–६ सल्लेरीस्थित सन्धिखर्क–बुटवल सडक खण्ड विस्तारको काम सुरु भएको छ।

अत्यधिक सडक दुर्घटनाका कारण धेरैको ज्यान जान थालेपछि अर्घाखाँचीको सल्लेरीमा पर्ने सन्धिखर्क–बुटवल सडक विस्तारको काम सुरु गरिएको हो ।

अहिले दैनिक रुपमा बिहान ७ बजेदेखि ११ बजेसम्म र दिउँसो एक बजेदेखि ४ बजेसम्म सवारी साधन रोकेर नै साघुँरा घुम्तीहरु फराकिलो बनाउने काम भईरहेको छ।

सोही क्षेत्रमा पछिल्लो समय यहि मंसिर ११ गते सन्धिखर्कबाट बुटवलतर्फ जाँदै गरेको लु२ख २१४८ नम्बरको बस दुर्घटना हुँदा १७ जनाको घटनास्थलमै तथा उपचारका क्रममा दुई जना गरी जम्मा १९ जनाको ज्यान गएको थियो ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *