भूकम्प प्रभावित ७७ विद्यालय भवन पुनःनिर्माण हुँदै

डिसी नेपाल
२८ मंसिर २०७६ ७:३७

बेझाड । पाल्पामा भूकम्पबाट क्षति पुगेका ७७ विद्यालय भवन यो वर्ष भूकम्प पुनःनिर्माण प्राधिकरणमार्फत पुनःनिर्माण हुँदैछन् ।

चारकोठे ५०, तीनकोठे चार र दुईकोठे २३ विद्यालय भवन निर्माणकार्य शुरु भएको शिक्षा समन्वय तथा कार्यान्वयन एकाइ प्रमुख रमेशराज पौडेलले बताए ।

जिल्लामा यसभन्दा अगाडि निर्माणकार्य शुरु भएका भूकम्प प्रभावित विद्यालय भवनको पुनःनिर्माणकार्य लगभग ७० प्रतिशत सकिइसकेको छ।

आव २०७३÷७४ मा ३२ निर्माण भएका भवनमध्ये नेपाल सरकार शिक्षा विभागबाट ३०, प्राधिकरणबाट दुई वटा छन् ।

आव २०७४÷७५ मा शिक्षा विभाग र भूकम्प पुनःनिर्माण प्राधिकरणबाट गरी जम्मा ११६ भवन निर्माण भएका छन् । प्राधिकरणबाट ७४ भवन प्राप्त भएकामध्ये चारकोठे १६, तीनकोठे चार, दुईकोठे ५४ भवन छन्।

नेपाल सरकार शिक्षा विभागबाट प्राप्त भएका ४२ भवनमध्ये चारकोठे १२ र दुईकोठे ३० भवन छन् ।

आव २०७५÷७६ मा पहिलो चरणमा शिक्षा विभागबाट प्राप्त ३२ भवनमध्ये चारकोठे १६, दुईकोठे ११, तीनकोठे पाँच भवन छ।

दोस्रो चरणमा प्राप्त भएको ४८ भवनमध्ये चारकोठे २४, तीनकोठे चार र दुईकोठे २० भवन छन्।

प्राधिकरणमार्फत पहिलो चरणमा ३६ भवन प्राप्त भएकामध्ये दुईकोठे १७, चारकोठे चार, तीनकोठे १५ भवन छन् ।

दोस्रो चरणमा ४८ मध्ये चारकोठे २४, तीनकोठे चार, दुईकोठे २० भवन छन् । प्राधिकरणबाट आव २०७३/७४ सम्ममा चारकोठे भवनका लागि रु ६३ लाख, दुईकोठे भवनका लागि रु २१ लाख र तीनकोठे भवनका लागि रु ३१ लाख रकम उपलब्ध गराइएको छ।

आव २०७४/७५ मा चारकोठे भवनलाई रु ६३ लाख, २०७५/७६ मा चारकोठे भवनलाई मात्र रु ७० लाख बजेट उपलब्ध गराइएको छ।

जिल्लामा भूकम्पमा ८२ विद्यालय शुरुमा क्षति पुगेका भवनमा सूचीकृत भएका थिए भने पछि थप भएर आएकासहित ११७ विद्यालय भूकम्प प्रभावित विद्यालयमा सूचीकृत भएका छन्।

नेपाल सरकार शिक्षा विभागबाट आव २०७३/७४ सम्ममा चारकोठे भवनलाई रु ३२ लाख, दुईकोठे भवनलाई रु १३ लाख उपलब्ध गराउने गरिएकामा २०७४/७५ मा चारकोठे भवनलाई रु ३६ लाख, दुईकोठे भवनलाई रु १६ लाख रकम उपलब्ध गराइएको छ।

पाल्पामा ४९४ विद्यालय सञ्चालनमा छन् जसमा सामुदायिकतर्फ प्राथमिक २००, संस्थागत ५९, आधारभूत तहमा सामुदायिक ८८, संस्थागत १२, मावि तहमा सामुदायिक ११५, संस्थागत २० विद्यालय छन्। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *