मोटरसाईकल चेकजाँचगर्दा भेट्टिए यस्ता चिज, लगत्तै २ जना पक्राउ

डिसी नेपाल
३० मंसिर २०७६ ८:४५

पाल्पा । पाल्पा तिनाउ गाउँपालिका–३ दोभानबाट लागुऔषध सहित २ जना पक्राउ पक्राउ परेका छन्।

बुटवलबाट पाल्पा तर्फ आउँदै गरेको ग १८ प ८९ नम्बरको मोटरसाईकल चेकजाच गर्ने क्रममा लागुऔषधसहित पक्राउ परेका हुन् ।

गत शुक्रबार राति ८ः३० बजेको समयमा सडकमा चेकजाँच चलिरहँदा उनीहरु पक्राउ परेको दोभान प्रहरी चौकी पाल्पाले जनाएको छ।

पक्राउ पर्नेमा स्याङजा अर्जुनचौपारी गाउँपालिका–५ घर भई हाल पोखरा १७ बस्ने २२ वर्षीय विशाल नेपाली र सोही मोटरसाईकलमा सवार कास्कीको मादी गाउँपालिका–९ बस्ने ३१ वर्षीय किरण गुरुङ रहेको प्रहरीले जनाएको छ।

नेपालीको साथबाट नगद ११ एक सय तथा गुरुङ्गको साथबाट डाईजेपाम ६८ वटा, नुफिन ६८ वटा, फेनेरागन सहित नगद १५ हजार रुपैयाँसहित पक्राउ परको हुन् ।

उनीहरुबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *