२० तस्वीरमा हेर्नुहोस् दुई चलचित्रकर्मीलाई यसरी गरियो अन्तिम विदाइ
काठमाडौं । सोमबार चलचित्र विकास बोर्डमा चलचित्र विकास बोर्डका अध्यक्ष, निर्माता तथा एक कुशल अभिनेता केशव भट्टराई र अर्का बरिष्ठ अभिनेता दीपक क्षेत्रीलाई श्रद्धाञ्जली अर्पण गरिएको छ । शनिबार आफ्नै निवासमा मृत भेटएका क्षेत्री र आइतबार एक्कासी निधन भएका भट्टराईको संयुक्त श्रद्धाञ्जली गरिएको हो ।
क्षेत्री र भट्टराईलाई सरकारका तर्फबाट उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले श्रद्धाञ्जली अर्पण गरेका थिए । त्यस्तै कलाकार हरिवंश आचार्य, निखिल उप्रेती, रमेश उप्रेती, सरोज खनाल, रेखा थापा, सरिता लामछाने, दीपाश्री निरौला, जितु नेपाल (मुन्द्रे), केदार घिमिरे (माग्ने बुढा), निर्मल शर्मा, संचिता लुइटेल, वर्षा शिवाकोटी, एलिजा गौतमलगायतका कलाकारहरुले भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् ।
दुवैको सोमबार साँझ ४ बजेपछि पशुपति आर्यघाटमा अन्येष्टी गरिंदै छ । अन्त्येष्टी गर्नुअघि आर्यघाटमा सरकारी सम्मान प्रदान गर्ने कार्यक्रम रहेको छ ।



















No ads found for this position

डिसी नेपाल
Facebook Comment