सागमा पदक जित्ने २ खेलाडी अत्तरियामा सम्मानित
कैलाली । अत्तरिया उद्योग वाणिज्य सङ्घले भर्खरै सम्पन्न १३ औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) मा पदक जित्न सफल खेलाडीलाई सम्मानपत्रद्वारा सम्मान गरेको छ।
सङ्घले कैलालीको अत्तरियामा बुधबार आयोजित एक कार्यक्रमका बीच सुदूरपश्चिम प्रदेशको प्रतिनिधित्व गर्दै सागमा स्वर्ण पदक जित्ने कञ्चनपुरको कृष्णपुर नगरपालिका–९ का वीरबहादुर महरा र कास्य पदक जित्ने सोही वडाका मनोज मल्ललाई सम्मान गरेको हो।
उनीहरु दुवैलाई उद्योग वाणिज्य सङ्घका अध्यक्ष अशोकराज देवकोटा र संस्थापक अध्यक्ष वसन्त रोकाय ललितले सम्मानपत्र प्रदान गरे ।
सो अवसरमा सङ्घका संस्थापक अध्यक्ष ललितले यो जीत भनेको दुई जनाको मात्र नभई समग्र सुदूरपश्चिमको भएको बताए ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment