नेकपा बैठकः ओलीको लवजमा रिमालको जवाफ

डिसी नेपाल
३ पुष २०७६ १७:०२

काठमाडौं। सत्तारुढ दल नेकपाको काठमाडौंमा स्थायी कमिटी बैठक जारी छ। एक वर्षपछि बसेको बैठकमा स्थायी कमिटी सदस्यहरुले पार्टी नेतृत्व र सरकारप्रति आफ्नो आक्रोश पोखिरहेका छन्। एक वर्षसम्म बैठक नबोलाएर भूमिकाबिहीन बनाइएपछि स्थायी कमिटी सदस्यहरु पार्टी नेतृत्वप्रति आक्रोशित छन्।

त्यसमाथि पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले सरकार सञ्चालनका विषयमा स्थायी कमिटीमा कुनै छलफल नै नगारएपछि नेकपाका केही नेताहरुलाई यो आफ्नै पार्टीको सरकार हो भन्ने आभाससमेत भएको छैन। भीम रावल, पम्फा भुषाल, वेदुराम भुषाललगायतका नेताहरुले सरकार र पार्टी नेतृत्वको आलोचना गरेका थिए। कृषि, पशु तथा पंक्षमन्त्री घनश्याम भुषालले पनि स्वयम सरकारको कामप्रति सन्तुष्ट नरहेको बैठकमा टिप्पणी गरेका थिए।

यसरी पार्टी नेतृत्व र सरकारप्रति लगातार बैठकमा आलोचना भएपछि बिहीबारको नेकपा बैठकमा भने फरक दृश्य देखियो। बिहीबार पार्टी स्थायी कमिटी सदस्य तथा प्रधानमन्त्री केपी ओलीका प्रमुख राजनीतिक सल्लाहाकार विष्णु रिमालको बोल्ने पालो थियो।

रिमालले आफुले पाएको २० मिनेटको समय सरकारको बचाउका लागि मौकाको पूरा फाइदा उठाए। उनले पार्टीका वरिष्ठ नेताहरुबाट सरकारको आलोचना हुनु प्रधानमन्त्री ओलीप्रतिको पूर्वाग्रह भएको भन्दै आलोचना गर्नेहरुलाई जवाफ फर्काए।

यतिमात्र होइन, उनले सरकार ढलेपछि, गएको सरकारको प्रशंसा हुने, मान्छे मरेपछिमात्र प्रशंसा हुने संस्कार रहेको भन्दै स्थायी कमिटी सदस्यहरुलाई कडा जवाफ फर्काए। बिहीबारको दृश्य अध्यक्ष तथा प्रधानमन्त्री ओली स्वयम बैठकमा उपस्थित भएको जस्तो रहेको एक नेताले बताए। तर, ओली भने अस्वस्थताका कारण स्थायी कमिटी बैठकमा लगातार अनुपस्थित छन्। त्यसैले अध्यक्ष ओलीले सल्लाहाकार रिमालमार्फत बैठकमा आफ्नो बचाउ गरेको हुन सक्ने एक नेताले बताए।

बैठकमा रिमालले ओली सरकारका उपलब्धिहरु बुँदागत रुपमा प्रस्तुत गरेका छन्। उनले विभिन्न १५ बुँदमा सरकारका उपलब्धि देखाएका छन्।

१ विश्वव्यापीरुपमै औद्योगिक क्षेत्रको विस्तारमा संकुचन आइरहेको भएता पनि नेपाली अर्थतन्त्रले राम्रो काम गरिरहेको छ । गत आर्थिक वर्ष ७.१ प्रतिशतले आर्थिक बृद्धि भयो । हालसालै वेलायतको प्रसिद्ध पत्रिका–द इकोनोमिस्टले गरेको सर्भेक्षणमा नेपाललाई उच्च आर्थिक बृद्धि गर्ने १० मुलुकमा समावेश गरिएको छ । चालु आ।ब। को बजेटमा प्रक्षेपण गरिएको ८.५ प्रतिशतको बृद्धिदर हासिल गर्न असंभव छैन, तर थप प्रयास जरूरी छ ।

२ गत आर्थिक वर्ष ८ प्रतिशतको हाराहारीमा रहेको उद्योग क्षेत्रको बृद्धि चालु वर्षको अन्त्यमा झण्डै दोब्बर हुने अपेक्षा गरिएको छ ।

३ चालु आर्थिक वर्षको पहिलो ३ महिनामै करीव रु. १९ अर्ब ६० करोड लगानी गर्ने गरी १२० वैदेशिक लगानी सम्बन्धी उद्योगहरु दर्ता भएका छन् । यस अवधिमा उद्योगको संख्या १३,१५५ पुगेको छ, जसमा ठूला २८, मझौला ४९ र लद्यु, घरेलु तथा साना १३, ०३८ छन् ।

४ पर्यटकस्तरीय (११२५) र तारे होटल (१२९) को संख्यामा बृद्धि भएको छ । पर्यटक आगमनको संख्यामा पनि बृद्धि भएको छ ।

५ सरकारी कोषमा बचत छ ।

६ २०७४–७५ मा भन्दा २०७५–७६ मा वैदेशिक सहायताको प्रतिवद्धता झण्डै २७ प्रतिशतले बढेको छ । चालू आबको अहिलेसम्म रु. ७२ अर्व ३० करोड बरावरको प्रतिवद्धता भइसकेको छ ।

८ बैंकिंङ क्षेत्रको निक्षेप परिचालन र कर्जाको विस्तार बढेको छ । रु. ४००० करोड बराबरको सहुलियतपूर्ण कर्जा (व्यवसायिक कृषि र पशुपंक्षी, महिला उद्यमशीलता, दलीत समूदाय व्यवसाय, भुकम्प प्रभावित पुनर्निर्माण, वैदेशिक रोजगारबाट फर्केका युवा स्वरोजगार र उच्च प्राविधिक शिक्षा) लगानी भएको झण्डै २१ हजारमा छ ।

९ ६१ प्रतिशत भन्दा बढी नेपालीको बैंक खाता रहेको अनुमान छ । बैंकका ९,१०० शाखा विस्तार भएका छन् । जम्मा १२ स्थानमा बाहेक सबै स्थानीय तहमा बैंकका शाखाहरु स्थापना भई सकेका छन् (प्रदेश नं १ मा १, प्रदेश नं २ मा २, प्रदेश नं ३ मा २, गण्डकी प्रदेशमा १, कर्णाली प्रदेशमा १ र सुदरपश्चिम प्रदेशमा ५०।

१० गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यस आर्थिक वर्षको पहिलो चौमासिकमा निर्यात २३.४ प्रतिशतले बढेको छ । ६.९ प्रतिशतले आयात घटेको छ, व्यापार घाटा पनि ८.९ प्रतिशतले घटेको छ ।

११ यस आब को अहिलेसम्म ७ लाख ९८ हजार करदाता थप दर्ता भएका छन् (व्यवसायिक तर्फ १,१५,००० र व्यक्तिगत तर्फ ६ लाख ८३ हजार)।

१२ गत आर्थिक वर्षमा रु. ३५४२ करोडले घाटामा रहेको शोधनान्तर स्थित चालु आर्थिक वर्ष १४४३ करोडले बचत भएको छ । बिदेशी बिनिमय संचिति झन्डै ९ महिनाको बस्तु तथा सेवाको आयात धान्न सक्ने अबस्थामा छ ।

१३ अन्यः

(क) विश्व बैंकको व्यवसाय गर्ने वातावरणसम्बन्धी सर्भेक्षण (Doing Business Index) ले नेपालको व्यवसायिक वातावरणमा उल्लेख्य सुधार भएको देखाएको छ । गत वर्ष ११० औं स्थानमा रहेको नेपाल यो वर्ष ९४ औं स्थानमा उक्लेको छ । १० उपसूचकमध्ये निर्माण इजाजत, बिद्युत आपूर्ति, ऋणको उपलब्धता र सीमा ब्यापार सहजिकारणमा नेपालको प्रगति उत्साहपूर्ण छ ।

(ख) संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमले गत हप्ता प्रकाशित गरेको मानव विकास प्रतिवेदन अनुसार नेपाल १४९औं बाट १४७ औं स्थानमा उक्लिएको छ । सूचकांकको हिसाबले पनि गत वर्षको ०.५७४ बाट ०.५७९ मा उक्लेको छ ।

(ग) विश्व भोकमरी सूचकांक (Gobal Hunger Index) मा नेपाल ७३ औं स्थानमा (२०.८ सुचकांक सहित) रहेको छ ।

(घ) शान्ति सूचक (lGobal Peace Index) मा नेपालले यस बर्ष १२ बिन्दुले सुधार गरेको छ । (१६५ देशमध्ये नेपाल) ०००३ प्राप्तांकसहित ७६ औ स्थानमा

छ । (बंगलादेश– १०१, चीन–११० भारत– १४१ र पाकिस्तान– १५३ स्थानमा छन् । )

(ङ) कानूनको शासन Rule of Law Index  मा पनि नेपाल गत बर्ष भन्दा २ स्थिति माथि अर्थात १२६ देशमध्ये ५९ औ स्थानमा रहेको छ ।
(१६ अर्ब माथिको विगोसहितको कारबाही त यसबीचमा राजश्व अनुसन्धान विभागले नै गरिसक्यो । यहाँ चर्चा भएका भ्रष्टाचारका विषय कारवाहीको क्रममा रहेकोमा कमिटी विदितै छ।)

(च) २१ राष्ट्रिय गौरबका आयोजनामध्ये ८ वटा (२ विमानस्थल, १ जलविद्युत, २ सडक, १ खानेपानी र २ सिचाई आयोजना) को कार्यान्बयन सन्तोषजनक छन् ।

१४ सुशासनको लागि गरिएका डिजिटल प्रयास यहाँ उल्लेखनीय छ । उदाहरणका लागि, इसिटिएस, भेहिकल ट्रयाकिङ प्रणाली, अनुगमन पोर्टल होस्, टेलिप्रिजेन्स सहितको एक्सन रुम आदि उल्लेखनीय छ ।

१५ रेल अब सपना मात्रै हैन, इनल्याण्ड वाटर वेज सपना रहेन, पूर्व–पश्चिम राजमार्ग स्तरोन्नतीको स्रोत सुनिश्चित भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *