काँग्रेस विवादः चाक्सीबारी बैठकमा सहमति जुटेन

डिसी नेपाल
३ पुष २०७६ २१:५७

काठमाडौं। जसरी पनि सहमति जुटाउने भन्दै काँग्रेसका नेताहरुका बिहीबार चाक्सीबारीमा भएको छलफल निश्कर्ष बिहीन भएको छ।

नेपाली काँग्रेस भित्र देखिएको आन्तरिक विवाद समाधान गर्न भन्दै पटक पटक छलफल भएको छ। तर, सहमति जुट्न सकेको छैन। शुक्रबार पार्टी केन्द्रीय समितिको बैठक छ। सो बैठकअघि विवाद समाधान गर्ने भन्दै पूर्वमहामन्त्री प्रकाशमान सिंह निवासमा सभापति शेरबहादुर देउवाका ‘दूत’ उपसभापति विमलेन्द्र निधी र वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले गठन गरेको वार्ता टोलीबीच छलफल भएको थियो।

वार्ता टोलीमा प्रकाशमान सिंह, दिलेन्द्र बढु र हृदयराम थानी छन्। बैठकमा सहभागी नेता थानीले बिहीबार बैठक सकरात्मक रहे पनि सहमति भने नजुटेको बताए। उनका अनुसार नेविसंघ गठनका विषयमा कुरा नमिलेपछि बिहीबार सहमति जुटन नसकेको हो। संस्थापन पक्ष नेविसंघको अध्यक्ष पनि आफै लिने र ४ जना महामन्त्री बनाउने अडानमा कायम रहेपछि सहमित जुट्न नसकेको हो। पौडेल पक्षले भने नेविसंघमा आफ्नो पक्षको नेतृत्व हुनुपर्ने र चारजना महामन्त्री बनाउन नहुने अडानमा छ।

विवाद बढ्दै गएपछि पौडेल पक्षले पार्टीका तीन वटा बैठक बहिस्कार गरिसकेको छ। बिहीबार सहमति नभएकाले पौडेल पक्षले शुक्रबारको बैठक पनि बहिस्कार गर्ने देखिएको छ। सहमति नभएसम्म बैठकमा नजाने पौडल समूहले बताउँदै आएको छ। शुक्रबार फेरि छलफल गर्ने नेताहरुबीच सहमति भएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *