गोठमा आगलागी हुँदा एक जनाको मृत्यु
symbolic picture
गुल्मी । गुल्मीको इस्मा गाउँपालिका–३ तोरीपाटामा गोठमा आगो लाग्दा एक जनाको ज्यान गएको छ।
स्थानीय चिन्ताबहादुर सार्कीको गोठमा शुक्रबार राति अचानक आगलागी हुँदा एक अपरिचित व्यक्तिको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्रबहादुर खड्काले जानकारी दिए ।
आगलागीमा परी ज्यान गुमाएका व्यक्तिको शव पहिचान हुन सकेको छैन । घरका कुनै पनि व्यक्ति गोठमा नसुतेका कारण शव कसको हो भन्नेबारेमा अझै जानकारी नभएको बताइएको छ।
घटनाको जानकारी पाएपछि आज बिहान इलाका प्रहरी कार्यालय पुर्कोटदहबाट प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी टोली घटनास्थलतर्फ जाँदै गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।
आगलागीबाट गोठमा रहेका भैँसी र गोरुसमेत जलेर घाइते बनेका छन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment