कुवेतको अस्पतालमा अचेत रहेका नेपाली युवालाई भेट्न पुग्यो एनआरएनए टोली

डिसी नेपाल
८ पुष २०७६ ११:३३

कुवेत । कुवेतको अस्पतालमा अचेत अवस्थामा उपचाररत रहेका नेपाली युवालाई भेट्न गैरआवासीय नेपाली संघ (एनआरएनए)को टोली पुगेको छ ।

विगत १७ दिनदेखि अचेत अवस्थामा उपचार गराइरहेका उनी झापा गोलधाप निवासी सुरेश बहादुर खत्री रहेको खुलेको छ। उनका परिवार विगत लामो समयदेखि पोखरा महानगरपालिका–१६ लामाचौरमा बस्दै आइरहेका छन्।

एनआरएनए एनसीसी कुवेतलाई सम्बोधन गर्दै एउटा निवेदन आएपछि सोमबार साँझ संघको एक टोली उनलाई भेट्न पुगेको हो । अध्यक्ष सुजन केसी, महिला संयोजक रमिता योन्जन, सचिव माधव शाही र सदस्य सजिना गुरुङको टोलीले उनको अवस्थाको बारेमा जानकारी लिएको थियो ।

अध्यक्ष सुजन केसीका अनुसार खत्रीलाई भेन्टिलेशनमा राखिएको छ। उपचारमा संग्लन डाक्टरले बताए अनुसार उनलाई ब्रेन ह्याम्रेज भएको छ। उनी गम्भिर छन्।

खत्री झन्डै २० बर्षदेखि कुवेतमा काम गरिरहेको बुझिएको छ। बिरामीको बारेमा परिवारलाई सम्पर्क गरि बिरामीको अवस्थाको बारेमा एनआरएनए कुवेतले जानकारी गराएको छ । अध्यक्ष केसीले खत्रीको उपचारको लागि संघले आवश्यक सहयोग गर्ने बताएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *