गुणस्तरीय शिक्षाका लागि तीन वटै सरकार सक्रिय हुनुपर्छ : मन्त्री पोखरेल

डिसी नेपाल
८ पुष २०७६ १४:३०

काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले गुणस्तरीय शिक्षाको प्रत्याभूति गराउन तीनै तहका सरकार सक्रिय हुनुपर्ने बताएका छन्।
संघीयतामा शिक्षा स्थानीय तहका राम्रा अभ्यास, अवशर र चुनौती विषयक अन्तरक्रियामा शिक्षामन्त्री पोखरेलले यस्तो बताएका हुन्।

विद्यालय शिक्षाको स्वामित्व स्थानीय सरकारलाई दिएर प्रदेश र संघीय सरकारले सहयोग गरेपछि मात्रै गुणस्तरीय शिक्षाको प्रत्याभूति गराउन सकिने उनले बताए। मन्त्री पोखरेलले शिक्षकहरुको न्यूनतम प्रबन्ध नगरी गुणस्तरीय शिक्षाको प्रत्याभूति गराउन नसकिने बताए।

कीर्तिपूर नगरपालिकाका मेयर रमेश महर्जनले स्थानीय तहले हस्तक्षेप गरी विद्यालय व्यवस्थापन समिति गठन गरेपछि कुनै विकृति आएको भए त्यसको जिम्मेवारी आफूले लिने बताए।

शिक्षाविद विद्यानाथ कोइरालाले प्रदेश सरकारले स्थानीय तहलाई अधिनस्त राख्न खोजेका कारण गुणस्तरिय शिक्षाको प्रत्याभूत गर्न नसकिएको बताए।

स्थानीय सरकार स्वयत्त सरकार हो भन्ने कुरा प्रदेश र संघले नबुझेसम्म यो समस्याको समाधान नहुने उनले बताए।  शिक्षा पत्रकार समूहले कार्यक्रम आयोजनामा अन्तरक्रिया कार्यक्रम भएको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *