निश्मा बनिन् पहिलो मिस रतुवामाई २०१९

डिसी नेपाल
९ पुष २०७६ १६:५४

काठमाडौँ । निश्मा श्रेष्ठ मिस रतुवामाई २०१९ को पहिलो बिजेता बन्न सफल भएकी छिन् । फाइनल प्रवेश गरेका १३ जना प्रतिस्पर्धीहरुलाई पछि पार्दै उनले ‘पहिलो मिस रतुवामाई २०१९’ उपाधिको ताज लगाएकी हुन् । मिस उर्लाबारीकी विजेता रूसानी केसीले निश्मा श्रेष्ठलाई  ताज लगाइदिएकी थिइन भने कार्यक्रम संयोजक अनिश कार्की र नगरप्रमुख रविन राईले पुरस्कार दिएका थिए ।

उपाधिसँगै श्रेष्ठले नगद ५० हजार, आइजोन इन्टरनेटको तर्फबाट एक वर्षका लागि निशुल्क इन्टरनेट र पोखरा भ्रमण गर्ने मौका पाएकी छिन् । त्यस्तै पहिलो रनरअप रेश्मा श्रेष्ठले नगद ३० हजार प्राप्त गरेकी छिन् । प्रतियोगितामा दोस्रो रनरअप रेसु कालिकोटेले २० हजार प्राप्त गरिन्।

प्रतियोगितामा विभिन्न विधामा पुरस्कार वितरण गरिएको थियो । मिस अनुशासित रेसु कालिकोटे, मिस पब्लिक च्वाइस रेश्मा श्रेष्ठ , मिस क्याटवाल्क दुर्गा बस्नेत , मिस ट्यालेन्ट सुनिता थापा , मिस प्रसनालिटी निश्मा श्रेष्ठले जितेका थिए।

विभिन्न स्थानवाट आएका मूल्याङ्ककनकर्ताहरुको निष्पक्ष मुल्याङ्कनबाट विजेता घोषणा गरिएको थियो । नविन लुइटेल, डा सन्दिप अधिकारी, नविन श्रेष्ट, सायरा राई, सृजना क्षेत्री र ज्ञानेन्द्र सुनुवार प्रतियोगिताको फाइनलमा मूल्याङ्कन गरेका थिए।

सेन्ट्रल फेसन हब उर्लाबारीको व्यवस्थापन र आयोजनामा कार्तिक २३ बाट सुरु भएको प्रतियोगिताको फाइनल, प्रतियोगिताको मुख्य प्रायोजक समेत रहेको राष्ट्रनिर्माण सेकेण्डरी बार्डिङ्ग स्कुल र रतुवामाई नगरपालिकाका मेयर÷उपमेयर, विभिन्न वडाका वडाध्यक्षहरू, सामाजिक व्यक्तित्व, पत्रकार, संघ सस्थाका प्रतिनीधिहरू र सयौ दर्शकहरूका माझ प्रतियोगिता सम्पन्न भएको थियो। आफुले सोचेको भन्दा सफलतापूर्ण कार्यक्रम सम्पन्न भएको कार्यक्रम संयोजक अनिश कार्कीले बताए । प्रतियोगिताको सम्पूर्ण पोशाक डिजाइन सेन्ट्रल फेसन हब उर्लाबारीका बिद्यार्थी प्रमिला श्रेष्ठ, लिजा श्रेष्ठ, अन्जना तामांग, आश्मा धिमाल, सावित्रा अधिकारी र सोमश्री घोसले गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *