भारतबाट सिए गरेकी सिभिराले पहिरिन मिस मंगोलको ताज

डिसी नेपाल
११ पुष २०७६ १७:४५

काठमाडौं । भारतको नयाँ दिल्लीबाट सिए गरेकी ताप्लेजुङकी २५ बर्षिया सिभिरा लामाले मिस मंगोल नेपाल २०१९ ताज पहिरेकी छन् । रिडि ग्रुप लिमिटेडको शिर्ष प्रयोजनमा भएके प्रतियोगितामा रोल्पाकी २२ बिर्षिया रेनुका पुन पहिलो रनरअप भइन भने काठमाडौंकी १९ बर्षिया यजु कर्माचार्यले दोस्रो रनरअपको ताजमा चित्त बुझाइन् ।

सिभिराले शिर्ष उपाधीसहित एक लाख रुपैयाँ पुरस्कार प्राप्त गरेकी उनले मिस ट्यालेन्ट र मिस पब्लिक च्वाइस उपाधि पनि आफ्नो भागमा पार्न सफल भइन् ।
प्रतियोगितामा रोल्पाकी २२ वर्षीया रेनुका पुन फस्ट रनरअप सहित मिस मंगोल स्टेट ५ को उपाधि हात पारिन् । स्नातक पुरा गरेकी रेनुकाको मिस मंगोलमा यो दोस्रो प्रयास हो । त्यस्तै काठमाडौंकी १९ वर्षिया यजु कर्माचार्य सेकेन्ड रनरअप हुन सफल भइन् । उनले प्लस टु पुरा गरेकी छन् ।

कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा विहीबार साँझ भएको प्रतियोगितामा तेह्रथुमकी १७ वर्षिया अपेक्षा लिम्बु मिस मंगोल स्टेट १, धनुषाकी १९ वर्षीया समिक्षा सिधाली मिस मंगोल स्टेट २, काठमाडौंकी रितिका स्याङतान मिस मंगोल स्टेट ३, गोरखाकी पुजा मगर मिस मंगोल स्टेज ४ र रोल्पाकी रेनुका पुन स्टेट ५ घोसित भए ।

प्रतियोगितामा नेपाली सेनाका पुर्वउपरथी होमकुमार लाओती प्रमुख निर्णायक थिए। अन्य निर्णायकमा संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद सदस्य अशोक लोहोरुङ राई, रिडी ग्रुप लिमिटेडका निर्देशक डीबी आले मगर, संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्वप्राज्ञ परिषद सदस्य माधव प्रधान, मिस मंगोल नेपाल २०१५ डा. निमा पुन रहेका थिए ।

प्रतियोगितामा ग्ल्यामर फोटोग्राफर राजभाई सुवाल, हेयर स्टाइलिस निलडेभिड कटवाल र कोरियोग्राफर रोजिन शाक्यलाई ‘मिस मंगोल डिकेट कन्ट्रिब्युसन अनर’ प्रदान गरिएको थियो । आआफ्नो विधामा मिस मंगोल प्रतियोगितासंग सहयात्राको एक दशक पुरा गरेको अवसरमा यो सम्मान प्रदान गरिएको हो ।

मौलिक संस्कृति, लुकेको क्षमता अभिवृद्धि एवं नेतृत्वदायी भुमिका निर्वाहलाई आधार बनाएर सन् २००९ देखि वार्षिक रुपमा आयोजना हुँदै आएको मिस मंगोलले एक दशकको अनुभवपछि मुलुकको संघीय संरचनाअनुसार नयाँ प्रणाली अँगालेको हो । यस प्रणाली अनुसार हरेक स्टेटबाट एकएक जना विजेता र समग्र सहभागीबाट मिस मंगोल नेपाल विजेता छान्ने गरिन्छ । प्रतियोगिताको यो ११औं संस्करण हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *