विश्वभर मनाइने नयाँ वर्षको इभेन्टहरुमा भ्रमण वर्षको प्रचार गर्ने एनआरएनको तयारी

डिसी नेपाल
१३ पुष २०७६ ११:२२

काठमाण्डौं । गैरआवासीय नेपाली संघ ९एनआरएन० ले अंग्रेजी नयाँ वर्ष (न्यु इयर इभ) मा नेपाल भ्रमण २०२० को प्रचारप्रसार गर्न गैरआवासीय नेपाली समुदायलाई आग्रह गरेको छ ।

नेपाल भ्रमण वर्ष २०२० सफल पार्न सिङ्गो गैरआवासीय नेपाली संघ परिचालित हुने संघका महासचिव डा.हेम राज शर्मा जानकारी दिए ।

नेपाल भ्रमण वर्ष २०२० अभियानको संयोजन अध्यक्ष कुमार पन्तले गर्ने भएका छन् भने नेपाल भ्रमण वर्ष २०२० समितिका संयोजक निवर्तमान अध्यक्ष भवन भट्ट तोकिएका छन् ।

नयाँ वर्ष मनाउने क्रममा विश्वका विभिन्न शहरमा हुने नयाँ वर्ष विषेश समारोह (न्यु इयर इभ) को कार्यक्रममा भ्रमण वर्षको प्रचार प्रसार गर्न संघका अध्यक्ष कुमार पन्तले राष्ट्र्रिय समन्वय परिषद् (एनसीसी) लाई पत्राचार गरेको संघले जनाएको छ ।

संघले लण्डन, बर्लिन, न्युयोर्क, टोकियो, सिड्नी, ब्रसेल्स, हङकङ, बेजिगं, दुवई, मस्को लगायतका शहरमा आयोजित न्यु इयर इभ विषेश समारोहमा नेपाल भ्रमण वर्षको प्रचारप्रसार गर्ने तयारी गरेको हो ।

संघले नेपाल भ्रमण वर्षका सामाग्रीहरु (ब्यानर, ह्याट, टिसर्ट आदि) नेपाली दूतावासहरुसंग समन्वयन गरी तयार समेत आग्रह गरेको छ ।

यसअघि नेपाल सरकार र गैरआवासीय नेपाली संघबीच नेपाल भ्रमण वर्ष २०२० को लागि सहकार्य गर्न सहमति भएको थियो ।

सन् २०२० लाई सरकारले भ्रमण वर्ष घोषणा गर्दै २० लाख नै पर्यटक भित्र्याउने लक्ष्य राखेको छ।

सरकारले २०२० मा नेपाल आउने पर्यटकलाई भिसा फ्री गर्ने, नेपाल आएपछि कुन गन्तव्यमा जाँदा के सुविधासेवा पाइने त्यसको स्पष्ट व्यवस्था गर्ने, हिमाल आरोहणमा आकर्षित गर्न रोयल्टीमा छुट दिने लगायतका सहुलियतको घोषणा गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *