प्रदेश नम्बर ३ को राजधानी हेटौंडा राख्ने निर्णयप्रति नेकपाकै प्रदेशसभा सदस्यको विरोध

डिसी नेपाल
१३ पुष २०७६ १८:०९

काठमाडौं। सत्तारुढ दल नेकपाले प्रदेश नम्बर ३ को राजधानी र नामबारे सचिवालय बैठकमा गरेको निर्णयप्रति सोही दलका प्रदेशसभा सदस्यले विरोध गरेका छन्।

आइतबार बिहान बसेको सचिवालय बैठकले प्रदेशको नाम ‘बागमती’ र राजधानी ‘हेटौंडा’ बनाउने निर्णय गरेको थियो। पार्टी हाइकमाण्डको सो निर्णयप्रति प्रदेश नम्बर ३ प्रदेशसभाका नेकपा सदस्यहरुले विरोध जनाएका हुन्।

काभ्रे राजधानी बनाउन प्रस्ताव दर्ता गरेका नेकपा प्रदेशसभा सदस्य चन्द्र लामा र अर्का सदस्य लक्ष्मण लम्सालले विरोध जनाएका छन्।

प्रदेश सदस्य लक्ष्मण लम्सालले भने, ‘संविधानले प्रदेशको नाम र राजधानी प्रदेश सभाले तोक्ने व्यवस्था गरेको छ। प्रदेशसभामै छलफल हुन्छ। पार्टीले निर्णय गरेको थाहा पाएँ। त्यसो गर्नुभन्दा सुझाव मात्र दिएको भए हुन्थ्यो।’

प्रदेशसभामा नेकपाको बहुमत छ। पार्टीको निर्णयअनुसार प्रदेशसभाले निर्णय गरे नाम बागमती हुनेछ भने राजधानी हेटौंडा हुनेछ। तर, कार्भे राजधानी बनाउनुपर्ने माग गरेका सांसदहरुको विरोध कति सम्म टिक्छ त्यसले नेकपा सचिवालयको निर्णयबारे निक्र्यौल गर्नेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *