सन् २०१९ : हिन्दुत्वको एजेण्डामा भारत

डिसी नेपाल
१५ पुष २०७६ १६:११

नयाँ दिल्ली (एजेन्सी) । सन् २०१९ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र उनको भारतीय जनता पार्टीका लागि विडम्बनाहरुले भरिएको वर्ष रह्यो । एकातर्फ यो वर्ष उनले प्रचण्ड बहुमत पाए भने अर्कोतर्फ वर्षको अन्तिममा उनको साढे पाँच वर्ष पुरानो सरकारलाई नागरिकता संशोधन कानूनको विरोधका रुपमा सबैभन्दा ठूलो झड्का लाग्यो । आगामी वर्षमा देशभरमा नागरिकता कानूनको जबरजस्त विरोध हुने सम्भावाना निकै धेरै छ ।

प्रधानमन्त्रीका लागि नयाँ वर्ष पनि चुनौतीले भरिएको हुनेछ । विश्लेषकहरुले २०१९ लाई भाजपा सरकार द्वारा आफ्नो हिन्दु राष्ट्रवादको एजेण्डामा जामा लगाइएको वर्षका रुपमा मनाइने बताएका छन् । गएको पाँच वर्षहरुमा यसका लागि बाटो बनाइयो । अहिले त्यो कार्यान्वयन गरिँदै छ। तर पनि हाल मोदी सरकार केही समस्यामा देखिन्छ । जसको आभास २२ डिसेम्बरमा मोदीले दिल्लीमा दिएको भाषणबाट हुन्छ । तर, विश्लेषकहरुले २०२० पनि हिन्दु राष्ट्रको एजेण्डाले प्रयसय पाउन वर्ष हुन सक्ने बताउँछन् । जसमा यूनिफर्म सिभिल कोड र धर्म परिवर्तन कानून ल्याउने जस्ता विषय छन् । लखनऊस्थित वरिष्ठ पत्रकार वीरेन्द्र नाथ भट भन्छन्, ‘मोदी सरकार र भाजपाले सन् २०१९ मा देशको राजनीतिलाई ‘डिफल्ट रिसेट’ गर्ने काम तिब्र रुपमा शुरु गरेका छन् ।’ उनले धारा ३७० हटाउनु, अयोध्या मुद्दा वा नागरिकता संशोधन कानून यी सबै कमदलाई डिफल्ट रिसेट गरेको परिपेक्ष्यमा हेर्नुपर्ने बताए ।

चंडीगढस्थित राजनीतिक विश्लेषक डा. प्रमोद कुमारका अनुसार २०१९ दक्षिणपन्थी राजनीतिलाई देशको राजनीतिमा अधिक वैधता, अधिक मान्यता र अधिब शक्ति दिने वर्षका रुपमा रह्यो । उनी भन्छन्, ‘धारा ३७० लाई हटाउनु, तीन तलाक, नागरिकता संशोधन कानून र महाराष्ट्रमा शिव सेना र काँग्रेस, एनसीपीको गठबन्ध जस्तो घटनाले देशमा दक्षिणपन्थी राजनीतिलाई अधिक शक्ति र अधिक स्थान पाएको देखिन्छ ।’

२०१९ मा भारतमा भएका घटनाले लामो समयसम्म प्रभाव पार्ने केही घटनाहरु भएका छन् । यो वर्ष सबैभन्दा प्रभावशाली घटना मध्ये एक जम्मू कश्मीरको विषय हो । गएको फेब्रुअरी १४ का दिन आदिल डार नामको एक स्थानीय युवकले जम्मू श्रीनगर राजमार्गमा सुरक्षाकर्मीहरुको सवारी साधनको लावालस्करमा आत्माघाती आक्रमण गरे । जसमा कम्तिमा ४० जना भारतीय सुरक्षाकर्मी मारिए । डारको सम्बन्ध जैश ए मोहम्मदसँग रहेको बताइयो र जसको सम्बन्ध पाकिस्तान सरकारसँग जोडिएको छ । पाकिस्तानस्थित जैश ए मोहम्मदले आक्रमणको जिम्मेवारी लियो तर, पाकिस्तानले भारतले लगाएको आरोप भने अस्वीकार गर्यो ।

२६ फेब्रुअरीमा भारतीय वायु सेनाले पाकिस्तान भित्र बालाकोटस्थित जैशको अड्डामा आक्रमण गरेर सयौं लडाकुलाई मारेको दावी गर्यो । अर्को दिन पाकिस्तानले जवाफी कारबाही गर्यो । जसमा भारतीय वायु सेनाको एक विमान खसालियो र त्यसका पाइलट विंग कमाण्डर अभिनन्दनलाई पाकिस्तानको हिरासतमा राखियो । अन्तर्राष्ट्रिय दबाबपछि उनलाई पाकिस्तानले मुक्त गरेको थियो ।

फेब्रुअरीभन्दा भाजपा र अन्यदलहरु आम चुनावको प्रचारमा जुटिसकेका थिए । र भाजपाको अवस्था ठिक नरहेको बताइएको थियो । काँग्रेस फेरि सत्तामा आउने विश्लेषण गरिएको थियो । तर, पुलवामा र सर्जिकल स्ट्राइकले अवस्था परिवर्तन गरिदियो । जनताको मुड भाजपा सरकारको पक्षमा देखियो । अप्रिल मे मा भएको चुनावमा मोदी सरकारलाई सत्तामा यथावत रहन प्रचण्ड बहुमत मिल्यो । केही विश्लेषकहरुका अनुसार चुनावमा भाजपाले पाएको बहुमत हिन्दु राष्ट्रको एजेण्डालाई अगाडि बढाउने इशाराका रुपमा बुझियो । भाजपाको घोषणपत्रमा तीन तलका, धारा ३७० र अयोध्यामा राम मन्दिर निर्माण शुरु गर्ने कुरा थियो । ५ अगस्टमा सरकारले धारा ३७० हटायो ।
यसपछि सरकारले असममा नागरिकता पञ्जिका सार्वजनिक गर्यो ।

जसबाट करिब १९ लाख मानिसहरु अराष्ट्रिय बने । यसपछि सरकारले नागरिकता कानूनलाई संशोधन गर्दै बांगलादेश, पाकिस्तान र अफिगानिस्तानबाट भारतमा आउने जैन, फारसी, हिन्दु, शिख र इसाईलाई नागरिकता दिइने व्यवस्था गरियो । मुस्लिम र नेपाली भाषीलाई संशोधनमा नसमेटिएपछि वर्षको अन्तिम भारतभर आन्दोलन भइरहेको छ । नयाँ वर्षमा मोदी सरकारले लिने नीतिले २०२० मा कस्तो प्रभाव पार्छ त्यसको सकेत २०१९ को डिसेम्बरले देखाइसकेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *