आज अमेरिकी डलरसहित सबै देशको भाउ बढ्यो

डिसी नेपाल
१५ मंसिर २०७६ ७:२८

काठमाडौं । आज (आइतबार) अमेरिकी डलरसहित प्राय सबै देशको विनिमयदर उकालो लागेको छ । शुक्रबारको तुलनामा आज विदेशी मुद्राको भाउ बढेको हो ।

आज अमेरिकी डलर एकको खरिददर ११४ रुपैयाँ ४९ पैसा तथा बिक्रिदर ११५ रुपैयाँ ०९ पैसा रहेको छ।

त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १४७ रुपैयाँ ७३ पैसा र बिक्रिदर १४८ रुपैयाँ ५० पैसा रहेको छ।

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ५३ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ६९ पैसा रहेको छ। त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ४५ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ६१ पैसा रहेको छ।

युएई दिराम एकको खरिददर ३१ रुपैयाँ १७ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ३३ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ ४१ पैसा तथा बिक्रिदर २७ रुपैयाँ ५६ पैसा रहेको छ।

कुवेती दिनार एकको खरिददर ३ सय ७६ रुपैयाँ ४९ पैसा तथा बिक्रिदर ३ सय ७८ रुपैयाँ ४७ पैसा रहेको छ ।

बहराईन दिनार एकको खरिददर ३ सय ३ रुपैयाँ ६५ पैसा तथा बिक्रिदर ३ सय ५ रुपैयाँ २४ पैसा रहेको छ।

यस्तो छ सबै देशको विनिमयदर तालिका




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *