कास्कीमा खेमराजभन्दा विद्या दोब्बर मतले अगाडि

अमृत पौडेल
१५ मंसिर २०७६ ९:३०

पोखरा । कास्की–२ मा उपनिर्वाचनको पछिल्लो मत परिणाम अनुसार सत्तारुढदल दल नेकपाकी उम्मेद्वार विद्या भट्टराईले अग्रता बढाएकी छिन् ।

भर्खरै सम्पन्न पोखरा महानगरपालिका-२० र २१ को मतगणना सकिँदा विद्याले मतान्तर बढाएकी हुन् । अहिलेसम्म सार्बजनिक मत परिणाम अनुसार विद्याले ६ हजार ७ सय ९५ मत पाएकी छन् । यो मत कांग्रेसमा उम्मेद्वार खेमराज पौडेलले पाएको मतको तुलनामा ३ हजार ७ सय एक मतले बढी हो ।

विद्याको मत खेमराजको तुलनामा करिब दोब्बर हो ।

यसअघि पोखरा-३३ को मतगणनामा नेकपाकी उम्मेद्वार विद्या भट्टराईले ३ हजार २ सय ७६ मत प्राप्त गर्दै ११ सय ६१ मतको अग्रता लिएकी थिईन् । कांग्रेसका उम्मेद्वार पौडेलले २११५ मत पाएका छन्।

७ हजार ९ सय ९१ कुल मतदाता रहेको वडा नम्बर ३३ मा ५ हजार ६ सय ४२ मत खसेको थियो । अहिले बिहान ६ बजेबाट वडा नम्बर २१ को मत गणना जारी छ ।

कास्की–२ को शनिबार भएको उपनिर्वाचनमा ४५ हजार ५ सय ६३ मत खसेको थियो। कास्की–२ को उपनिर्वाचनमा सत्तारुढ दल नेकपाबाट विद्या भट्टराई र नेपाली कांग्रेसबाट खेमराज पौडेलसहित १९ जनाले प्रतिस्पर्धा गर्दै छन् ।

साझा पार्टीबाट रजनी केसी, विवेकशीलबाट जमुना शर्मा, समाजवादीबाट धर्मराज गुरुङ, देशभक्त समाजबाट वीरबहादुर विश्वकर्मा, नेपाली कांग्रेस बिपीबाट चन्द्रबहादुर रानाभाट, राष्ट्रिय जनमुक्ती पार्टीबाट पूर्णबहादुर राना, नेकपा मालेबाट टेकनाथ भण्डारी, मंगोल नेशनल अर्गानाइजेशनबाट रियाज गुरुङ, राप्रपा संयुक्त गंगा मल्ल, राप्रपा रोमबहादुर भण्डारी चुनावी मैदानमा छन् ।

पोखराको सहिद चोक स्थित जिल्ला समन्वय समितिको हलमा मतगणना भईरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *