निवर्तमान सभामुख महरा र मुख्यमन्त्री पोखरेलकै वडामा कांग्रेस विजयी

डिसी नेपाल
१५ मंसिर २०७६ १०:३७

बुटवल । नेकपाका दुई ठूला नेताहरुको वडा समेत रहेको दाङको घोराही उपमहानगरपालिका–१६ मा नेपाली कांग्रेसका उम्मेदवार ताराबहादुर डाँगी दोब्बर बढी मतले बिजयी भएका छन् ।

संघीय संसदका निवर्तमान सभामुख कृष्णबहादुर महरा र प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलको वडामा अध्यक्ष पदका लागि शनिबार भएको निर्वाचनमा नेकपाका उम्मेद्वार सुरेश बहादुर केसीलाई पराजित गर्दै डांगी निर्वाचित भएका हुन् ।

उक्त वडामा डांगीले १ हजार २ सय २२ मत पाए भने उनका निकटतम प्रतिद्धन्दी नेकपाका उम्मेद्वार केसीले १ हजार १ सय १७ मत मात्र पाएका छन् ।

गत निर्वाचनमा यो वडामा नेकपा एमालेबाट लछिनप्रसाद बुढा बिजयी भएका थिए । बुढाको निधनपछि वडाध्यक्ष पद रिक्त रहेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *