भक्तपुरमा कांग्रेस जित नजिक, एउटा वडा गन्न बाँकी रहँदा नेकपा २३ सय मतले पछि

डिसी नेपाल
१५ मंसिर २०७६ ११:०३

भक्तपुर । भक्तपुरको प्रदेशसभा सदस्य उपनिर्वाचनमा कांग्रेस जित नजिक देखिएको छ । मतगणना अन्तिम चरणमा पुगिसक्दा नेकपा २३ सय भन्दा धेरै मतले पछि छ । चाँगुनारायण नगरपालिकाका ९ वटै वडा गन्दा २३ सय ८९ मतको अन्तर परेको छ ।

नेपाली कांग्रेसका उम्मेदवार कृष्णलाल भँडेल १३ हजार ०८३ मतसहित अग्रस्थानमा छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का देवीप्रसाद ढकालले १० हजार ६९४ मत प्राप्त गरेका छन्। उत्तरपूर्वी भक्तपुरमा नेमकिपाको पनि प्रभाव छ । भक्तपुर– १ (क)को उपचुनावमा हालसम्म नेमकिपाका उमेदवार निरज लवजूले ३ हजार ८६० मत ल्याएका छन् । भक्तपुर नगरपालिका–१० को मत गन्न बाँकी छ । त्यहाँ नेमकिपाको पकड छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *