मोरङमा काँग्रेस विजयी
मोरङ । मोरङको धनपालथान गाउँपालिका–२ मा वडाध्यक्षको निर्वाचनमा नेपाली काँग्रेस विजयी भएको छ ।
नेपाली काँग्रेसका तर्फबाट उम्मेदवारी दिएका नारायणप्रसाद साहले एक हजार ७०१ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का पङ्कज मण्डलले एक हजार ४९७ मत प्राप्त गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment