कास्की-२ : आकाशियो विद्याको मत, झन् पछि परे खेमराज
पोखरा । कास्की–२ मा उपनिर्वाचनको पछिल्लो मत परिणाम अनुसार नेकपाकी उम्मेद्वार विद्या भट्टराईले ७ हजार बढी मतले अग्रता लिएकी छिन् ।
आइतबार मध्यान्ह १२ ३० बजेसम्ममा पोखरा महानगरपालिकाका ३३, २०, २१, १६ र १७ को मत गणना सकिँदा नेकपा उम्मेद्वार भट्टराईले १४ हजार ८ सय ७९ मत ल्याएकी छिन् ।
कांग्रेसका उम्मेद्वार खेमराज पौडेलले ७ हजार ८ सय ५० मत पाएका छन् । यो नेकपाकी उम्मेद्वार विद्याको भन्दा ७ हजार २९ मतले कम हो ।
यसअघि पोखरा १६ को मतगणना नहुँदा सार्बजनिक गरिएको मत परिणाम अनुसार नेकपाकी उम्मेद्वार विद्या भट्टराई कांग्रेस उम्मेद्वार खेमराज पौडेलभन्दा ५ हजार ८ सय ३७ मतले अगाडि थिईन् ।
कास्की–२ को शनिबार भएको उपनिर्वाचनमा ४५ हजार ५ सय ६३ मत खसेको थियो। कास्की–२ को उपनिर्वाचनमा सत्तारुढ दल नेकपाबाट विद्या भट्टराई र नेपाली कांग्रेसबाट खेमराज पौडेलसहित १९ जनाले प्रतिस्पर्धा गर्दै छन् ।
साझा पार्टीबाट रजनी केसी, विवेकशीलबाट जमुना शर्मा, समाजवादीबाट धर्मराज गुरुङ, देशभक्त समाजबाट वीरबहादुर विश्वकर्मा, नेपाली कांग्रेस बिपीबाट चन्द्रबहादुर रानाभाट, राष्ट्रिय जनमुक्ती पार्टीबाट पूर्णबहादुर राना, नेकपा मालेबाट टेकनाथ भण्डारी, मंगोल नेशनल अर्गानाइजेशनबाट रियाज गुरुङ, राप्रपा संयुक्त गंगा मल्ल, राप्रपा रोमबहादुर भण्डारी चुनावी मैदानमा छन् ।
पोखराको सहिद चोक स्थित जिल्ला समन्वय समितिको हलमा मतगणना भईरहेको छ ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment