धरान उपमहानगरपालिका : नेकपालाई पछि पार्दै कांग्रेसको अग्रता

डिसी नेपाल
१५ मंसिर २०७६ १४:१८

काठमाडौं। शनिबार भएको धरान उप महानगरपालिकाको निर्वाचनमा सत्तारुढ नेकपा र प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसबीच कडा प्रतिश्पर्धा भइरहको छ।

सुरुमा नेकपा उम्मेद्वार प्रकाश राईले अग्रता लिएपछि पछिल्लो मत परिणाम अनुसार प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका उम्मेद्वार तिलक राईले अग्रता लिएका छन्।

काग्रेस उम्मेद्वार तिलक राईले ६ हजार ७ सय ५६ मत पाएका छन् भने नेकपा उम्मेद्वार प्रकाश राईले ६ हजार ४ सय २३ मत प्राप्त गरेका छन्। नेकपा उम्मेद्वार भन्दा कांग्रेस उम्मेद्वारले ३३४ मत बढी पाएका छन्।

यसअघि धरान उपमहानगरपालिकामा तत्कालिन नेकपा एमालेका तारा राईले विजयी भएका थिए । उनको मृत्यु भएपछि उपनिर्वाचन हुन लागेको हो ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *