भक्तपुरमा काँग्रेस र राप्रपाको विजय र्याली
भक्तपुर । भक्तपुर क्षेत्र नं १ (क) मा प्रदेशसभा सदस्यको पदमा विजयी भएपछि नेपाली काँग्रेसले आज विजय ¥याली निकालेको छ । उपनिर्वाचनमा काँग्रेसका उम्मेदवार कृष्णलाल भँडेल विजयी भएका हुन् ।
काँग्रेसका जिल्ला सभापति दुर्लभ थापाको नेतृत्वमा काँग्रेस र राप्रपा (संयुक्त) ले विजय ¥याली निकालेको हो । प्रदेशसभा सदस्यको उपनिर्वाचनमा काँग्रेसलाई राप्रपा संयुक्तले सघाउने यसअघि घोषणा गरिएको थियो । काँग्रेस सभापति थापा, राप्रपा संयुक्तका केन्द्रीय सदस्यहरु रवीन्द्रप्रताप शाह, दिनेश श्रेष्ठ लगायतको सहभागितामा खरिपाटी मतगणनास्थलदेखि कमलविनायकसम्म ¥याली गरिएको थियो ।
¥यालीपछि आयोजित सभामा बोल्दै काँग्रेस भक्तपुरका सभापति थापाले यसअघि एमालेले जितेको यो क्षेत्रमा यसपटक काँग्रेसका उम्मेदवार निर्वाचित भएकाले अब काँग्रेसले किल्ला बनाउने दावी गरे । उनले जनताको पक्षमा काँग्रेसले काम गरेर देखाउने बताउँदै प्रदेशदेखि नगरपालिकासम्म निर्वाचित तत्कालीन एमालेले प्रभावकारी काम गर्न नसक्दा काँग्रेसलाई अवसर आएको बताए ।
सभामा विजयी भँडेलले जनताले काम गर्ने मौका आफूलाई दिएको बताउँदै जनताको चाहनालाई पूरा गर्ने गरी प्रदेशमा भूमिका खेल्ने र विकासमा टेवा पु¥याउने प्रतिबद्धता व्यक्त गरे । राप्रपा (संयुक्त) का केन्द्रीय सदस्य शाहले काँग्रेसको जीत राप्रपा संयुक्तको पनि जीत भएको बताउँदै अब प्रजातान्त्रिक शक्ति एक भएर विकासमा लाग्नुपर्ने बताए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment