आज घट्यो सुन चाँदीको भाउ, तोलाको कति ?

डिसी नेपाल
१६ मंसिर २०७६ ११:५५

काठमाडौं । आज (सोमबार) नेपाली बजारमा सुनको भाउ ओरालो लागेको छ ।

आज छापावाल सुन प्रतितोला ७१ हजार ४ सय तथा तेजावी सुन ७१ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आइतबार छापावाल सुन प्रतितोला ७१ हजार ६ सय तथा तेजावी सुन ७१ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज बजारमा सुनको भाउसँगै चाँदीको भाउ पनि उकालो लागेको छ । आज चाँदी प्रतितोला ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी ८ सय ५५ रुपैयाँमा कारोबार भएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *