पछिल्ला दुई दिनभित्र मलेसियामा ५ नेपालीको मृत्यु

डिसी नेपाल
१६ मंसिर २०७६ १९:४६

क्वाललम्पुर। मलेसियामा गएको शनिबार र आईतबारमा मात्रै ५ जना नेपाली कामदारको आकस्मिक मृत्यु भएको छ।

मलेसियाको स्पेशल स्क्वार्ड सेक्युरिटी पुचुङमा कार्यरत सल्यान जिल्लाका प्रदिप बस्नेत, मुअजा फोर्स पेटालिङ्गजयामा कार्यरत खोटाङ जिल्लाका टंक बहादुर सार्की, वान सेक्युरिटी सर्भिस जोहोरमा कार्यरत रमेश बहादुर बोहोरा, १८ टप–ग्लोब बान्तिङमा कार्यरत सुनसरी जिल्लाका सुन्दर श्रेष्ठ साथै केलाङको एक कम्पनीमा पनि एक जना नेपालीको मृत्यु भएको छ।

उक्त कम्पनीको डाइरेक्टरलाई सम्पर्क गरी बिबरण मगाएको तर जानकारी आईनपुगेको नेपाली राजदुतावास मलेसियाका जनसम्पर्क अधिकृत टेक बुढाले जानकारी गराए। साथै सबैको पोस्टमार्टम रिपोर्ट आउन बाँकी भएकोले के कारणले मृत्यु भएको खुल्न सकेको छैन। ‘हामी सबैको बारेमा गम्भीर भएर लागि परिरहेका छौं’, जनसम्पर्क अधिकृत बुढाले बताए।

यसरी हुने आकस्मिक मृत्युको विषयमा २०१७ मा नेपालका डक्टरहरुको टोलीले युनिभर्सिटी अफ मलायाका टोलीसंग ६ महिना रिसर्च गर्दा पनि पत्ता लागेको थिएन।

नर्मल मोस्टमार्टम गर्दा मुटुको नली बन्द भएको देखिन्छ तर मुटुको नली किन बन्द हुन्छ भन्ने मुल कारण पत्ता लगाउन डिटेल पोस्टमार्टम गर्नुपर्ने हुन्छ। जस्को लागि परिवारले पुर्ण स्वीकृति र खर्च दिई गराउनु पर्ने हुन्छ जसको लागि दुई महिना समय लाग्छ।

त्यसैले मृत्युको मुल कारण थाहा नभए पनि यस्ता समस्याबाट बच्न खान पिनमा ध्यान दिनु पर्ने, नियमित कसरत गर्नु पर्ने साथै समय समयमा स्वास्थ परीक्षण गर्नुपर्ने नेपाली दूतावास मलेसियाका द्वितीय सचिव महेश्वर त्रिपाठीले जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *