आज ह्वात्तै बढ्यो सुनको भाउ, चाँदी पनि उच्च

डिसी नेपाल
१८ मंसिर २०७६ ११:१३

काठमाडौं । आज बुधबार नेपाली बजारमा सुनको भाउ पुनः उकालो लागेको छ।

आज छापावाल सुन प्रतितोला ७२ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार छापावाल सुन प्रतितोला ७१ हजार ४ सय रुपैयाँमा कारोबा। भएको थियो ।

त्यस्तैगरी आज तेजावी सुनको भाउ पनि बढेको छ । आज तेजावी ७१ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार तेजावी सुन ७१ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज बजारमा सुनको भाउसँगै चाँदीको भाउ पनि उकालो लागेको छ । आज चाँदी प्रतितोला ८ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी ८ सय ६५ रुपैयाँमा कारोबार भएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *