भ्रमण वर्षलाई सफल बनाउन पर्यटन मन्त्रीद्वारा कुटनीतिक नियोगसँग छलफल

डिसी नेपाल
१८ मंसिर २०७६ १२:२१

काठमाडौं। पर्यटन वर्ष २०२० लाई सफल बनाउन सरकारले विदेशी कुटनीतिक नियोगहरुसँग छलफल गरेको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले बुधबार सबै देशका राजदुतहरुलाई मन्त्रालयमा बोलाई भ्रमण वर्ष २०२० लाई सफल बनाउन सहयोग गर्न अग्रह गरेका हुन्।

उनले आफ्नो मुलुकका नागरिकहरुलाई नेपाल भ्रमण गर्न सुरक्षित रहेको जानकारी दिन आग्रह गरे। त्यस्तै पर्यटकहरुको सुरक्षा र गुणस्तरिय सेवाका लागि सरकार आफैले व्यवस्था गर्ने बताउँदै ढुक्क भएर नेपाल भ्रमण गर्न सकिने वातावरण बनेको जानकारी समेत दिए।

सरकारले आगामी जनवरी १ मा राजधानी सहित सबै प्रदेशमा पर्यटन वर्ष २०२० को भव्य उद्घाटन गर्ने तयारी गरेको छ। त्यस्तै जनवरी ७ मा विदेशस्थित नेपाली कुटनीतिक नियोगहरुमा पनि पर्यटन वर्षको उदघाटन गरिने कार्यक्रम रहेको जानकारी समेत मन्त्री भट्टराईले दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *