एनआरएनएका महासचिव डा. शर्माद्वारा संघका १० महत्वपूर्ण उपलब्धीहरु सार्वजनिक

डिसी नेपाल
१६ पुष २०७६ ७:५८

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का महासचिव डा. हेम राज शर्माले संघका पछिल्ला १० महत्वपूर्ण उपलब्धीहरु सार्वजनिक गरेका छन्।

डा. शर्माले सन् २०१९ संघको लागि अत्यन्त फलदायी र सुखद् रह्यो रहेको वताउदै गैरआवासीय नेपाली संघको नयाँ कार्यसमिति गठन गर्नुका साथै विभिन्न नवीनतम कामको शुभारम्भ गरेको वताए।

डा. शर्माले नयाँ वर्षको पूर्वसन्ध्यामा एक विज्ञप्ति जारी गर्दै सन् २०२० मा विगतका कामलाई निरन्तरता, आवश्यकता अनुसार परिमार्जन, परिवर्तन र नवीन सोचका साथमा एनआरएनएको नयाँ अध्याय थप्ने प्रयास जारी रहने वताएका छन्।

नयाँ कार्यसमितिको ७४ दिनको समयलाई फर्केर हेर्दा, एनआरएनएले विगतमा थालेको लाप्राक नमुना वस्ती लगायतका परियोजना र अन्य नियमित कामहरुको निरन्तरता दिईरहेको छ।

डा. शर्माले संघले यसअघि शुरु गरेका परियोजना वाहेकका १० उपलव्धी सार्वजानिक गरेका हुन् । उनले पुरना परियोजनामा नियमित काम भैरहेको जनाए।

यस्ता छन् संघका पछिल्ला १० उपलब्धीहरु

१. दश अर्बको सामूहिक लगानी कोष संकलनका लागि अध्यक्ष कुमार पन्तको संयोजकत्वमा एक सञ्चालक समितिले काम गरिरहेको छ । त्यसका लागि चार्टर एकाउण्डेट तथा बैंकका पुर्व कार्यकारी प्रमुख अनल भट्टराईको संयोजकत्वमा रहेको एक विज्ञ सम्मिलित टोलीले कोषको अवधारणापत्र तयार गरिरहेको छ ।

२. नेपाल भ्रमण वर्ष २०२० का सफल पार्न निवर्तमान अध्यक्ष भवन भट्टको नेतृवमा रहेको समिति र राष्ट्रिय समन्वय परिषद्हरुले तीव्र गतिमा काम गरिरहेका छन् ।

३. सामुहिक नेतृत्वको अवधारणा अनुरुप संघमा विभागीय संरचना लागु गरिएको छ । फ्ल्यागशिप प्रोजेक्ट, वैदेशिक रोजगार, व्यापार लगानी तथा नेपाल प्रवर्द्धन, एनआरएनए नलेज एकेडेमी, परोपकारी तथा मानव कल्याणकारी हित, महिला तथा युवा, संगठन तथा प्रशासन, र एनआरएनए फाउण्डेसन गरी ८ विभागहरु गठन गरी त्यसको नेतृत्व क्रमशः कुमार पन्त, डा। बद्री केसी, अर्जुन श्रेष्ठ, मन केसी, सोनाम लामा, रविना थापा, डा हेम राज शर्मा र महेश श्रेष्ठले गरिरहनुभएको छ । विभागीय प्रमुखले कार्यकालको कार्ययोजना जनवरीमा पोखरामा हुने बैठकमा पेश गर्ने कार्यसूची तय गरिएको छ ।

४. दोश्रो एनआरएन विज्ञ सम्मेलन काठमाडौमा गर्न डा. हेम राज शर्मा र विशेषज्ञहरुको समितिद्वारा तयारी तीव्र बनाइएको छ । अक्टोवर २०२० मा धुलिखेलमा सम्मेलन गर्ने प्रस्ताव गरिएको छ ।

५. नेपाल र विदेशमा एनआरएनए फाउण्डेशन स्थापना गर्न कोषाध्यक्ष महेश कुमार श्रेष्ठ, एकनाथ खतिवडा, डा पुरु श्रेष्ठ लगायतको टोलीले अवधारणापत्र बनाइरहेको गरिरहेको छ । आगामी अक्टोवरभित्र फाउण्डेशन स्थापना गर्ने र एनआरएनएले सञ्ंचालन गर्ने सबै परोपकारी परियोजना फाउण्डेशन मातहत ल्याउने तयारी गरिएको छ ।

६. पारदर्शी र तथ्यपरक आर्थिक कारोबारका लागि अडिट समिति गठन गरिएको छ, छुट्टै स्वतन्त्र विज्ञहरुको टोलीले म्गभ म्ष्ष्निभलअभ ब्गमष्त ९म्म्ब्० गरिरहेको छ । त्यसको रिपोर्ट अन्तिम चरणमा छ ।

७. वैदेशिक रोजगारीमा सम्बन्धमा श्वेतपत्र तयार गर्न डा. बद्री केसीको नेतृत्वमा विज्ञहरुको समिति गठन गरिएको छ । वैदेशिक रोजगार राहत कोषमा अभिवृद्धि, पदाधिकारीहरुबाट रु १ करोड भन्दा बढीको सहयोग रकम संकलन भएको छ । रेमिटेन्सको केही अंशबाट राहत कोष निर्माण गर्न राष्ट्रबैंकसँग प्रारम्भिक छलफल भएको छ ।

८. व्यवस्थित र सहभागितामुलक निर्वाचन गर्न विधानमा आवश्यक परिमार्जन र परिवर्तन गर्न विशेष महाधिवेशनको तयारी भइरहेको छ ।

९. संघलाई अत्याधुनिकरण बनाउन गौरी जोशी नेतृत्वमा ‘स्मार्ट एनआएएन प्रोजेक्ट’ सुरु गरी त्यसको लागि सिष्टम अडिट थालिएको छ । त्यसको अध्ययन प्रतिवेदन अन्तिम चरणमा छ ।

१०. काठमाडौंको मुख्य स्थानहरुमा सार्वजनिक शौचालय बनाउन काठमाडौं महानगरसँग समन्वय र सहकार्य जारी रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *