कतारको नेपाली दूतावासमा एनआरएनएको हेल्प डेस्क स्थापना

डिसी नेपाल
१६ पुष २०७६ १३:३६

दोहा । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए/एनसीसी) कतारले  यहाँको दूतावासमा हेल्प डेस्क स्थापना गरेको छ । नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन तथा राजदूतावासको कामलाई सहजिकरण गर्नको लागि हेल्फ डेस्क सञ्चालनमा ल्याएको हो।

नेपाली राजदूतावास कतारमा मंगलबार साँझ एक कार्यक्रमकाबीच कतारका लागि नेपाली राजदूत डा. नारदनाथ भारद्वाज वाग्लेले हेल्प डेस्कको उद्‌घाटन गरेको संघका प्रवक्ता सन्तोष क्षेत्रीले डिसी नेपाललाई बताए।

हेल्प डेस्कको उद्‌घाटन गर्दै राजदूत भारद्वाजले भ्रमण वर्षको अवधीमा प्रत्येक नेपालीले कतारी सँगै यहाँ कार्यरत अन्य देशका ब्यक्तिहरूलाई  नेपाल पठाउन सके नेपाल भ्रमण वर्ष सफल हुने धारणा राखे ।

राजदूत भारद्वाजले अरब विश्व अर्थतन्त्रको केन्द्र बन्दै गएकोमा कतार प्रमुख रहेको भन्दै कतारको विकासँंग नेपाललाई जोडनु नै आफ्नो प्रमुख उद्देश्य रहेको बताए।

नेपालले सरकारले कतारस्थित राजदूतावासलाई प्राथमिकतामा राखेको र कतार सरकार तथा कतारी जनता पनि नेपाललाई सहयोग गर्न इच्छुक रहेकोले आर्थिक कुटनैतिक नै आफ्नो पहिलो प्राथमिकता रहेको उनको भनाई थियो।

कार्यक्रममा आईसीसी सदस्य एवं भ्रमण वर्षको लागी एनआरएनका मध्यपुर्व संयोजक रमेश भट्टले एनआरएनएले भ्रमण वर्षको लागी गरेको तयारीबारे जानकारी गराएका थिए।

कार्यक्रमको समापन गर्दै एनआरएनए एनसीसी कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले नेपाल सरकारले घोषणा गरेको भ्रमण बर्ष सफल बनाउनु सबैको दायित्व रहेको भन्दै आफ्नो ठाउँ बाट सहयोग गर्न आग्रह  गरे ।

एनआरएन अभियन्ता तथा कतारमा स्थापित विभिन्न संघ संस्थाका प्रमुख एवं प्रतिनिधिको सहभागिता रहेको कार्यक्रम प्रथम उपाध्यक्ष उत्तम गुरुङको स्वागत तथा  महासचिव पदम गिरिको सञ्चालनमा सम्पन्न भएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *