ट्राफिकले जरिवाना तिराएपछि रिसाएका विकासले आफ्नो मोटरसाइकलमा आगो लगाइदिए

काठमाडौं। ट्राफिक नियम तोडेका कारण ट्राफिक प्रहरीले जरिवाना तिराएको रिमा एक युवकले आफ्नै मोटरसाइकल जलाइदिएका छन् । दक्षिण दिल्लीको ग्रेटर कैलाशमा बुधबार ती युवकलाई पुलिसले जरिवाना तिराएका थिए । यही रिसले उनले आफ्नै मोटरसाइकलमा आगो लगाएका हुन् । आज तकको समाचार अनुसार ती युवकलाई बिना हेल्मेट मोटरसाइकल चलाएको आरोपमा जरिवाना तिराइएको थियो ।

बिना हेल्मेट मोटरसाइकल चलाइरहेका विकास नामका ती युवकलाई पुलिसले रोकेर लाइसेन्स मागेको थियो । बिना हेल्मेट मोटरसाइकल चलाएका उनलाई ट्राफिकले चलान काटेको थियो । रिसमा आफ्नै मोटरसाइकल जलाएका उनलाई पुलिसले मुद्दा दर्ता गरी हिरासतमा राखेको छ ।

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो