काव्य विभाग प्रमुख प्रा.डा.पाैडेल मानार्थ अध्यक्षबाट सम्मानित

डिसी नेपाल
२० पुष २०७६ ८:०८

वाशिंटन। नेपाल प्रज्ञा-प्रतिष्ठानका काव्य विभाग प्रमुख प्रा.डा.हेमनाथ पाैडेल इनसाइक्लाेपेडिया विकिपाेइजियाकाे मानार्थ अध्यक्षबाट सम्मानित भएका  छन्।Wikipoesia Encyclopaedia Poetica काे जनवरी ३ तारिकका दिन इटालीमा सम्पन्न कङ्ग्रेसले उक्त पदवीबाट पाैडेललाई सम्मान गरेकाे हाे।

कविता काव्यका क्षेत्रमा नेतृत्व गर्ने संस्थाका प्रमुखमध्ये पाैडेलपूर्व यसअघि विश्वभरबाट १६ जना व्यक्तित्वहरू उक्त सम्मानबाट सम्मानित भएका छन् भने पाैडेल १७ ओँ मानार्थ अध्यक्ष पदबाट सम्मानित व्यक्ति हुन्।

नेपाल प्रज्ञा- प्रतिष्ठानकाे काव्य विभागले नेपाली कविता काव्यका क्षेत्रमा पुर्याएकाे याेगदानकाे कदर गर्दै उक्त सम्मान प्रदान गरिएकाे हाे। इनसाइक्लाेपेडिया विकिपाेइजियामा हालसम्म दशलाखभन्दा बढी कविहरू सदस्य रहेका छन्।

पाैडेलकाे प्रेसिडेन्टमा प्रवेशसँगै नेपाल प्रज्ञा-प्रतिष्ठानबाट राष्ट्रिय कविता महाेत्सवमा २०२२यता पुरस्कृत नेपालका कविहरू समेत इनसाइक्लाेपेडियामा पुरस्कृत कविहरूका समूहमा दर्ता भएका छन् । साे जानकारी https://www.wikipoesia.it/wiki/Pagina_principale मा पनि उल्लेख छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *