साउदीमा भ्रमण वर्षको प्रचारमा जुट्यो एनआरएनए

डिसी नेपाल
२० पुष २०७६ १४:२९

साउदी अरब ।  गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति साउदी अरबको वार्षिक तालिकाको कार्ययोजनाको शुभारम्भ भएको छ । कार्यतालिका अनुसार क्षेत्रीय समन्वय समिति जिजानले ३ जनवरी शुक्रबारका दिन अंग्रेजी नयाँ वर्षको अवसरमा शुभकामना आदानप्रदानसहित नेपाल भ्रमण वर्ष २०२० प्रचारप्रसार गरेको छ ।

कार्यक्रममा जिजान क्षेत्र तथा आसपासका नेपालीहरूको बाक्लो उपस्थिति रहेको थियो ।  सोही अवसरमा नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न जिजान क्षेत्रले आगामी दिनहरूमा गरिने प्रचारप्रसार सम्बन्धी संयन्त्र बनाइ समन्वय गर्ने विषयमा छलफल गरेको थियो।

सोही अवसरमा  हाजिरी जवाफ प्रतियोगिताको पनि आयोजना गरिएको थियो । प्रतियोगिताका विजेताहरुलाई गिफ्ट ह्याम्परले सम्मान गरिएको थियो।

कार्यक्रममा क्षेत्रीय अध्यक्ष रबिन्द्र तामाङले नयाँ वर्षको शुभकामना दिँदै नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न आफ्नो क्षेत्रबाट सक्दो प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

सल्लाहकारद्वय कृष्ण कुमार श्रेष्ठ र खिमानन्द पौडेलले गैरआवासीय नेपाली संघ बारे संक्षिप्त जानकारी गराउँदै विगतका दिनहरूमा केन्द्रिय समन्वय समितिको मातहतमा रहेर श्रमिक हितमा खेलेको भूमिकाको प्रशंसा गर्दै संस्थालाई अझ चुस्त बनाउन सकृय भूमिका खेल्ने धारणा राखे।

कार्यक्रमलाई सफल  बनाउन संघका केन्द्रिय सचिव लाल बहादुर मगरको मुख्य भूमिका रहेको थियो । कार्यक्रमको प्रेम ढुंगेलले सञ्चालन गरेका थिए ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *