रोकिराखेको ट्रकमा ठोकिएर मोटरसाइकल चालकको मृत्यु

डिसी नेपाल
२२ पुष २०७६ ८:२९

भरतपुर । चितवनमा गएराति भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ।

मृतकको पहिचान खुलेको छैन । रत्ननगर नगरपालिका–४ देबैलीस्थित सडकखण्डमा रोकिराखेको ना५ख ६४४५ नंको मिनीट्रकमा सौराहादेखि टाँडीतर्फ आउँदै गरेको ना३८प ८३२८ नंको मोटरसाइकल ठक्कर खाँदा दुर्घटना भएको हो।

दुर्घटनामा घाइते करीब २९ वर्षका पुरुषको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।

मृतकको शव परीक्षणका लागि अस्पतालको शवगृहमा राखिएको छ। दुवै सवारीसाधन र ट्रकका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *