बेलायतमा महासचिव डा. शर्मासहित एनआरएनए अभियन्ताहरू सम्मानित

डिसी नेपाल
२२ पुष २०७६ ११:०४

लण्डन ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले  संघको केन्द्रीय विभिन्न पदमा निर्वाचित तथा मनोनित अभियन्ताहरूलाई सम्मान गरेको छ।

गैरआवासीय नेपाली संघ युकेले आइतबार अल्डरशटस्थित एम्पायर हलमा आयोजित एक कार्यक्रमकाबीच उनीहरूलाई सम्मान गरेको हो।

एनआरएनए यूके अध्यक्ष पुनम गुरुङले आईसीसीमा निर्वाचित महासचिव डा.हेमराज शर्मा र युरोप क्षेत्रीय उपसंयोजक कृष्ण तिमल्सेनालाई संस्थाको तर्फबाट खादा, टाई र ब्याज प्रदान गरी सम्मान गरेकी थिइन्।

त्यस्तै एनआरएनए युकेकी अध्यक्ष अध्यक्ष गुरुङ र  संघका महासचिव डा.शर्माले आईसीसी सल्लाहकार, आईसीसी सदस्य र मानार्थ परिषदमा  मनोनित सदस्यहरुलाई सम्मान गरेका थिए ।

कार्यक्रममा उपस्थित सल्लाहकार विश्वआदर्श पण्डित, अनुशासन आयोगका सदस्य सूर्य गुरुङ, आईसीसी सदस्य रामशरण सिम्खडा र मानार्थ परिषद सदस्यहरू रण केसी, विनोद ज्ञवाली, विजन भट्ट र चिरन शर्मा सम्मानित भएका थिए ।

अध्यक्ष पुनम गुरुङले विभिन्न पदमा निर्वाचित तथा मनोनित अभियन्ताहरूलाई बधाई ज्ञापन गर्दै कार्यसफलताको शुभकामना दिइन् । महासचिव फडिन्द्र भट्टराईले आगामी दिनमा सहकार्य गर्दै संस्थागत हितका लागि सँगसँगै अघि बढ्ने विश्वास व्यक्त गरे।

सम्मान कार्यक्रमकै दोस्रो चरणमा इंग्ल्याण्ड राज्य समन्वय परिषदमा मनोनित सल्लाहकारको सम्मान तथा कोअप सदस्यहरूको स्वागत गरेको थियो।

एनआरएनए यूके अध्यक्ष पुनम गुरुङ र इंग्ल्याण्ड परिषद अध्यक्ष दीपक श्रेष्ठले टाई, ब्याज र प्रमाणपत्रसहित उनीहरूलाई स्वागत तथा सम्मान गरेका थिए ।

सल्लाहकारहरू केशव भण्डारी, कुमार श्रेष्ठ, काशीराज बोहोरा, बालकृष्ण भुसाल, विष्णु न्यौपाने, यादव श्रेष्ठ, जीवन अधिकारी, डा सुरजमणि पौडेल, शारदा गुरुङ,  मीन गुरुङ , डिलाराम गौतम,  परशुराम पाण्डे, सत्यप्रसाद प्रजापति, पुण्यप्रसाद रेग्मी लगायतका सल्लाहकार सम्मानित भए । कार्यसमिति सदस्यमा मनोनित रुपा र राजु बोहोरालाई स्वागत गरियो ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *