सुर्खेतबाट जाजरकोट जाँदै गरेको गाडी दुर्घटना

डिसी नेपाल
२४ पुष २०७६ १३:२३

सुर्खेत । सुर्खेतबाट जाजरकोटका लागि छुटेको भे १ ख २५७३ नम्बरको काँक्रेविहार यातायातकाको फोर्स गाडी दुर्घटना हुँदा १७ जना घाइते भएका छन्।

सुर्खेतबाट यात्रु लिएर जाजरकोट जाँदै गरेको गाडी आज बिहान साढे ८ बजेको समयमा बनगाड कुपिण्डे–११ बालुवासंग्रही नजिकै दुर्घटना भएर १ सय ५० मिटर तल खसेको हो ।

उक्त गाडी दुर्घटनामा परी १७ जना घाईते मध्ये ५ जना गम्भीर घाइते भएका छन् भने १२ जना सामान्य घाइते भएको ईलाका प्रहरी कार्यलय सल्लिवजारले जनाएको छ ।

गम्भीर घाइते हुनेमा वर्ष ३५ भेरि गंगा नगरपालिका सुर्खेत छिन्चुुका चालक प्रकाश शर्मा, सशत्र प्रहरीवल सल्यानमा कार्यरत होम पंगाली, भेरि गंगा नपा सुर्खेतका शान्त कुमार तिरुवा, बकु नपा-१ का अनिष विश्वकर्मा, जाजरकोट छेडाका सहचालक गोपाल वड, दलवहादुर रोकाय जाजरकोट कुसे, ५ त्यसै गरि बनगाड कुपिण्डे–३ का वडा सदस्य भिम वहादुर वुढाथोकी, रुुुुकुम चौहरजारिका विजय दर्लामी,रसुवा घर भएकि मालति आचार्य, जाजरकोट साल्माका पदम रोकाय, सल्यान श्रिनगरका गौतम वुढाथोकि, ज्वालादलगण लमजुङका पुर्ण वहादुर सुनार, ललितपुर पाटनकि, रजनी श्रेष्ठ, जाजरकोट छेडागाड नपाकी भगवती उपाध्याय, काठमाडौका अनिता मान्नधर घाइते भएका छन्। हाल घाईतेहरु सबैको नेपालगञ्जमा उपचार भईरहेको छ।

घाइते हुनेमा २ वालक, महिला ६ र पुुुुरुष ९ जना रहेको जनाएको छ। तिव्र गतिका कारण भएको हुुुुुनसक्ने आँकलन गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *