भ्रमण वर्ष २०२०: क्यानडियन मन्त्री भन्छन–‘विश्वकै नमुना देश नेपाल घुम्न उत्साही छौँ’

डिसी नेपाल
२५ पुष २०७६ ११:१६

अटोवा, क्यानाडा ।  नेपाल सरकारले एकै दिन विभिन्न मुलुकका राजदूतावासमा नेपाल भ्रमण वर्ष २०२० को औपचारिक रुपमा शुरुवात गर्ने क्रममा क्यानडामा पनि क्यानडियन मन्त्री तथा सांसदबाट कार्यक्रमको उद्‌घाटन गरिएको छ । क्यानडाका मन्त्री, सांसद, पर्यटन व्यवसायी लगायत विदेशी तथा नेपाली प्रतिनिधिहरू माझ राजधानी अटोवा शहरमा नेपाली राजदूतावासले विशेष कार्यक्रमको आयोजना गरेको थियो।

कार्यक्रममा नेपाल भ्रमण गरिसकेका क्यानडियन मन्त्री, सांसद, विभिन्न देशका राजदूतहरू, पर्यटन व्यवसायीहरू, पर्वतारोहीहरू, गैरआवासीय नेपाली संघ क्यानडा, नेपाल भ्रमण वर्ष २०२० समन्वय समितिका सदस्यहरू, नेपाली समुदायका विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

क्यानडियन मन्त्री पल थोप्पिले भ्रमण वर्ष सफल बनाउन आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। भ्रमणका लागि विश्वकै नमुना देश नेपाल भएको भन्दै आफू पनि नेपालको भ्रमण गर्न उत्साहित रहेको उनले बताए । यस्तै सासंद चन्द्र आर्याले नेपाल भ्रमण वर्षको स्वागत गर्दै नेपालको बारेमा आफू नजिकैबाट जानकार रहेकोले नेपाल घुम्नका लागि अत्यन्तै महत्वपूर्ण देश भएको जानकारी गराए । आफू पनि एक पटक नेपाल घुम्न जाने अवसर पर्खिरहेको उनले बताए ।

क्यानडाका लागि नेपाली राजदूत भृगु ढुङगाना, गैरआवासीय नेपाली संघ क्यानडाका अध्यक्ष चिरञ्जीवी घिमिरे, एसिस्टेन्ट डेपुटी मिनिस्टर फर एसिया प्यासिफिक एट द ग्लोबलस अफेयर्स क्यानडाका पल थोप्पी र क्यानडियन सासंद चन्द्र आर्याले दीप प्रज्वलन गर्दै नेपाल भ्रमण वर्ष सफलताको कामना गरेका थिए ।

कार्यक्रमका अतिथिहरुलाई स्वागत गर्दै राजदूत भृगु ढुङानाले नेपाल सरकारले भ्रमण वर्षको लागि आवश्यक पूर्वाधार सम्पन्न गरि २० लाख पर्यटक भित्र्याउन तयार रहेको बताउँदै क्यानडियन मन्त्री तथा सांसदहरूलाई नेपाल भ्रमणको लागि निम्तो दिए । साथै उनले क्यानडामा रहेका विभिन्न नेपाली संघसंस्थाहरुसँग सहकार्य गरि भ्रमण वर्षको प्रचार प्रसार तीव्र पारिने पनि स्पष्ट पारे ।

यसैगरि गैरआवासीय नेपाली संघ क्यानडाका अध्यक्ष तथा नेपाल भ्रमण वर्ष २०२० को क्यानडा संयोजक चिरञ्जीवी घिमिरेले नेपाल सरकारले मनाउँदै गरेको भ्रमण बर्ष सफल बनाउन नेपाल सरकार, राजदूतावास, नेपाली समुदायका संघ संस्थाहरू र एन आर एन ए क्यानडाले हातमा हात मिलाउदै विभिन्न कार्यक्रम मार्फत क्यानडियन समुदायमा प्रचार प्रसार गरिने बताए । उनले एनआरएनए क्यानडाले यसअघि नै विभिन्न कार्यक्रमहरू बीच भ्रमण वर्षको प्रचार प्रसार शुरु गरिसकेको स्पष्ट पारे।

यस्तै राजदूतावासका वैदेशिक माीमला हेर्ने अधिकृत प्रकाश अधिकारिहरूले नेपालको पर्यटन स्थान तथा सुविधाहरुको बारेमा स्लाइड शो मार्फत सहभागीहरूलाई जानकारी गराए।

कार्यक्रममा क्यानडाकै लोकप्रिय म्युजिकल ब्याण्ड हिमालयन भाईब्सको सांगतिक प्रस्तुतीले कार्यक्रमको वातावरण रोमाञ्चक बन्न पुगेको थियो भने विदेशी पाहुना पनि निकै चाख दिएर हेरिरहेका देखिन्थे । टोरोन्टो, ब्राम्पटन, मिसिसागा लगायतका शहरबाट पनि लामो दुरि पार गरेर नेपाली प्रतिनिधिहरू कार्यक्रममा सहभागी हुन राजधानी अटोवा पुगेका थिए।

कार्यक्रममा अटोवाबाट एनआरएनए प्रतिनिधि सन्तोष बराल, रमेश बानिया, भानुभक्त आचार्य , डा. राजेन्द्र पराजुली सहभागी थिए भने तथा ब्राम्पटन र टोरोन्टोबाट प्रवासी मञ्चका अध्यक्ष रमेश थापा, एनसीएनसी अध्यक्ष सन्तराज भण्डारी, लाली गुरांस स्पोर्टस क्लवका अध्यक्ष उत्तम श्रेष्ठ, एनआरएनए मिडिया कोअर्डिनेटर एवं पत्रकार बद्री तिमल्सिना, एनआरएनए क्यानडाका सचिव फडिन्द्र श्रेष्ठ, यूवा संयोजक इश्वर खत्री लगायतका प्रतिनिधिहरू लामो दुरि यात्रा गरेर कार्यक्रममा सहभागी हुन पुगेका थिए ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *