नागका संस्थापक सदस्य पौडेलको निधन

डिसी नेपाल
२७ पुष २०७६ ११:५६

एटलाण्टा । जर्जियामा रहेको नेपालीहरूको संस्था नागका संस्थापक सकृय सदस्य तथा ब्यावसायी रमेश पौडेलको ५७ बर्षको उमेरमा निधन भएको छ।

१९९६ मा एटलाण्टा आएर यहाँ रहेका थोरै साथीभाईलाई एकीकृत गर्दै तत्कालिन अबस्थामा स्थापना भएको संस्था NAYA (हाल NAG) का उनी संस्थापक सदस्य थिए । उनका एक छोरा र श्रीमती छन् ।

सुरूवाती समयमा आएका नयां साथीभाईलाई संधै सहयोग गरी हौसला,उत्प्रेरणा गर्न रमाउने ब्यक्तिको रूपमा उनलाई सम्झन्छन् संस्थापक सभापति राम पराजुली।

ब्याबसायको शिलसिलामा हाल सभाना जर्जियामा निधन भए पनि कर्मभूमि एटलाण्टामा ल्याएर दाहसंस्कार गरिने तयारी भैरहेको जानकारी संस्थाका पूर्व सभापति सिके पराजुलीले बताए ।

उहाको पार्थिव शरीर जनवरी १२, आईतबार A.S. Turner & Sons,2773 North Decatur Road, Decatur, GA मा अन्तिम संस्कार गरिने स्थानीय संस्था NAG ले सार्वजनिक जानकारी दिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *