अष्ट्रेलिया आगलागीः करोडौं जीव खरानी, अकाश रातो (फोटोफिचर)

डिसी नेपाल
२७ पुष २०७६ २०:४१

सिड्नी। यो वर्ष अष्ट्रेलियामा लागेको आगोले भयानक क्षति गरेको छ। अष्ट्रेलियामा लागेको आगोको कारण धुवाँ न्यूजिल्याण्डसम्म पुगेको छ भने दक्षिण अमेरिकासम्म तावारण खराब भएको छ।

यतिमात्र होइन, जलेर ५० करोडभन्दा धेरै पशुपंक्षीको मृत्यु भएको छ। हालसम्म २७ जना मानिसहरुलेसमेत ज्यान गुमाएका छन्।

अष्ट्रेलिया सरकारले डढेलोले सबैभन्दा धेरै क्षति पुर्याएको भिक्टोरिया राज्यमा संकटकालसमेत लगाएको छ। तर, अझै डढेलो नियन्त्रणमा आउन सकेको छैन। करिब १ लाख वर्ग किलोमीटर क्षेत्रफलमा आगो लागेका कारण त्यहाँको आकाश पनि रातो देखिने गरेको छ।

सबै तस्वीरहरु : बीबीसी


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *