अमेरिकाको जुवाघरमा एक नेपाली युवाको मृत्यु 

डिसी नेपाल
२८ पुष २०७६ १२:४८

मेरिल्याण्ड । अमेरिकाको मेरिल्याण्ड राज्यमा रहेको एउटा जुवाघरमा एक नेपाली युवाको मृत्यु भएको छ ।  मेरिल्याण्डस्थित एमजीएम नेसनल हार्बर होटल तथा क्यासिनोमा अन्दाजी ३० वर्षीय नेपाली युवा गितान्जय ढकाल मृत्यु भएको हो।

प्रहरीका अनुसार  गत जनवरी १० तारिख शुक्रबारका दिन उनी  क्यासिनोमा मृत भेटिएका हुन् । प्रहरीले उनको मृत्युबारे अनुसन्धान भइरहेको जनाएको छ । प्रिन्स जर्ज काउन्टीका प्रहरी यो घटनाको अनुसन्धानमा संलग्न छन् ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *