जेन ट्राभल्सबाट सस्तो दरमा अमेरिका–नेपाल यात्राको अवसर

डिसी नेपाल
२ माघ २०७६ १०:५२

काठमाडौं। जेन ट्राभल्सले सस्तो दरमा अमेरिका नेपाल यात्राको व्यवस्था मिलाएको छ । पछिल्लो अफरअनुसार अमेरिकाका अधिकांश शहरबाट अमेरिकी डलर ७९५ देखि १२४५ सम्ममा नेपालसम्म यात्रा गर्न पाइनेछ । यो भाडादर अमेरिकाको कुन शहरबाट नेपाल आउने हो त्योअनुसार फरक पर्नेछ ।

यो भाडादरमा सबै करसमेत समावेश गरिएको जेन ट्राभल्सले जनाएको छ । नेपालबाट अमेरिकासम्मको भाडादर भने केही बढी हुनेछ । नेपाल–अमेरिका भाडादर अमेरिकाबाट नेपालसम्मको भाडा भन्दा १०० देखि २०० डलरसम्म बढी पर्ने बताइएको छ ।

भाडादरबारे जानकारी दिनको लागि जेन ट्राभल्सले एक फाराम पनि विकसित गरेको छ । यो फाराम भरेर भाडाका विषयमा जानकारी लिन समेत सकिनेछ । फाराम भर्नको लागि यहाँ क्लिक गर्नुहोस् । फाराम भरेर कोटेशनको लागि अनुरोध गरेपछि जेन ट्राभल्सले यसबारे सबै विवरण उपलब्ध गराउनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *