INAS-अमेरिकाको मेरिल्यान्ड शाखाले ऐतिहासिक सांगितिक कार्यक्रमको आयोजना गर्दै

डिसी नेपाल
४ माघ २०७६ ३:३९

वासिङ्टन डिसी

अमेरिकाको बाल्टिमोरमा दुई दर्जन भन्दा बढी नेपाली कलाकारहरुको सहभागितामा एक ऐतिहासिक सांगितिक कार्यक्रमको आयोजना गरिएको छ । प्रबाशमा रहेका नेपाली कलाकारहरुको साझा संस्था INAS को अमेरिकाको मेरिल्यान्ड शाखाले यो अबसरको आयोजना गर्दैछ । नयाँ बर्ष २०२० को अवसर पारेर आयोजना गरिएको यो कार्यक्रमको नाम “INAS UNPLUGGED” राखिएको छ र २६ जना कलाकारहरु यस् प्रस्तुतिमा सहभागि हुनेछन । मेरिल्यान्ड शाखाका अध्यक्ष् श्रीजन ताम्राकारका अनुसार द एन्जल ब्यान्डका राजु लामा देखि नबोदित कलाकारहरुले आफ्ना दमदार गीतहरु प्रस्तुत गर्नेछन । कार्यक्रम हेर्नका लागि आम दर्शकहरूले निशुल्क प्रबेश पाउने ब्यबस्था भएकोले पनि यो कार्यक्रममा उल्लेख्य् दर्शकहरुको सहभागिता हुने आयोजकको दाबी रहेको छ ।

Program Venue:

Saturday, Jan 18 2020; 6:30 PM onward

Portside North Restaurant

11131 Pulaski Hwy, Whitemarsh, MD 21162




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *