आज प्रदेश २ मा सार्वजनिक विदा

डिसी नेपाल
५ माघ २०७६ १०:१२

काठमडौँ । मधेश आन्दोलनका सहिद भएकाहरूको सम्झनामा माघ ५ गते आज सरकारले सार्वजनिक विदा दिएको छ ।

आज (आइतबार) मनाइने बलिदानी दिवसको अवसरमा प्रदेश २ सरकारले सार्वजनिक विदा दिएको हो ।

प्रदेश सरकारले यस वर्ष औपचारिक कार्यक्रमको आयोजना गरी बलिदानी दिवस मनाउँदै छ ।

वीरगन्जमा आयोजना हुने बलिदानी दिवस कार्यक्रममा प्रदेश सरकार मन्त्री, मधेश आन्दोलनका सहयात्री दलका नेता, सहिद परिवार, नागरिक समाज बुद्धिजीविसहितको सहभागिता रहने जनाइएको छ।

सहिद परिवारलाई सम्मानसमेत गरिने उक्त कार्यक्रममा सहभागी हुन मधेश आन्दोलन प्रदेश २ का सम्पूर्ण सहिद परिवारलाई जानकारी गराइएको छ।

प्रथम मधेश विद्रोहको क्रममा २०६३ माघ ५ गते सिरहाको लहानमा रमेश महतोले दिएको प्रथम बलिदानीको अवसर पारेर मधेश केन्द्रित दलहरूले उक्त दिनलाई बलिदानी दिवसको रूपमा मनाउँदै आएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *