सुदूरपश्चिमको बेरोजगारी अन्त्य गर्छौँ : मुख्यमन्त्री भट्ट

डिसी नेपाल
८ माघ २०७६ १८:४०

डोटी । सुुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले मुख्यमन्त्री एकीकृत कृषि कार्यक्रमबाट सुदूरपश्चिमको बेरोजगारी अन्त्य गरिने बताए ।

जिल्लाको शिखर नगरपालिकास्थित तल्कोटको हरिहर माविको ६०औँ वार्षिकोत्सव उद्घाटन गर्दै मुख्यमन्त्री भट्टले सुदूरपश्चिमको शिक्षा क्षेत्रमा उल्लेख्य फड्को मार्न र बेरोजगार घटाउन मुख्यमन्त्री एकीकृत कृषि कार्यक्रम गाउँ–गाउँमा विस्तार गरिने बताए । उनले भने, “सबैलाई शिक्षित बनाउन शिक्षा क्षेत्र र बेरोजगारी हटाउन कृषि क्षेत्रमा लागनी गरेका छौँ, आशा छ यहाँको गरीबी र अशिक्षा चाँडै अन्त्य हुने छ ।”

मुख्यमन्त्री भट्टले सुदूरपश्चिम प्रदेशका नौ जिल्लाका गाउँ–गाउँमा मुख्यमन्त्री एकीकृत कृषि कार्यक्रम पु¥याउन विषेश योजनासहित पहल भइरहेको बताए। मुख्यमन्त्री भट्टले प्रदेश सरकारबाट सञ्चालन भइरहेका योजना तथा विकासका बारेमा सबै सचेत नागरिकले अनुगमन गर्नुपर्ने बताए । साथै मुख्यमन्त्री भट्टले सुदूरपश्चिम प्रदेश कृषिका लागि अनुकूल वातावरण भएकाले मुख्यमन्त्री एकीकृत कृषि कार्यक्रम यहाँका ८८ वटै स्थानीय तहमा सञ्चालनमा ल्याइएको जानकारी गराए।

सांसद प्रेमबहादुर आलेमगरले खुटिया–बिपीनगर–दिपायल–बझाङ जिल्ला हुँदै चीनको ताक्लाकोट जोड्ने फाष्टट्र्याक सडक सञ्चालनका लागि पहल भइरहेको बताए । उनले भने, “सुदूरपश्चिमको महत्व राख्ने फाष्टट्र्याक प्रदेशको गौरवको आयोजनाका रुपमा सम्पन्न गर्ने योजनाअनुसार हामी लागिपरेका छौँ, काम सम्पन्न गराएरै छाड्छौँ ।”

कम्तीमा पनि १० वर्षदेखि निर्माणकार्य शुरु भएको कैलालीको धनगढीदेखि स्याउले तथा डोटीको बिपीनगर, गड्सेरा, दिपायल हुँदै चीनको ताक्लाकोटसम्म पुग्ने उक्त द्रुतमार्गको लम्बाइ (स्याउले बजारदेखि दिपायलसम्म) ८२ किलोमिटर छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *