तारे होटलमा हुँदै आएको एनआरएनए विज्ञ सम्मेलन कम खर्चिलो बनाउन यसपटक धुलिखेलमा गरिने

डिसी नेपाल
८ माघ २०७६ २०:०६

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को दोश्रो विज्ञ सम्मेलन धुलिखेलमा हुने भएको छ ।

सम्मेलन आउँदो अक्टोबरमा काठमाडौं विश्वविद्यालय धुलिखेलमा हुने संघका महासचिव डा.हेमराज शर्माले डिसी नेपाललाई जानकारी दिए ।

यसअघि प्रथम सम्मेलन संघले सोल्टी होटलमा आयोजना गरेको थियो । तारे होटलमा गर्दा चर्को दर्ता शुल्क भएको आलोचना भएपछि संघले दोस्रो सम्मेलन काठमाडौं विश्वविद्यालयमा गर्न लागेको हो ।

काठमाण्डौं विश्वविद्यालयमा सम्मेलनको आयोजना गर्दा सहभागीहरुको संख्या बढ्ने महासचिव शर्माको दावी छ ।

यसै बीच संघको एक टोलीले बुधवार काठमाडौं विश्वविद्यालयका उपकुलपती, डिनहरु, विभागीय प्रमुखहरुलगायत उच्चपदाधिकारीसंग छलफल गरेको छ ।

छलफलमा काठमाडौं विश्वविद्यालयका भिसी प्रोफेशर डा. रामकण्ठ मकाजु श्रेष्ठ, डिनहरु प्रोफेशर महेश पराजुली, सागरराज शर्मा, डा. हेम राज काफ्लेलगायतको उपस्थिती थियो ।

संघका पदाधिकारीसहित काठमाण्डौं विश्वविद्यालय पुगेको टोलीले सम्मेलनलाई उपलब्धीमुलक बनाउन घनिभुत छलफल भएको महासचिव डा.शर्माले बताए ।

उपाध्यक्षहरु सोनाम लामा, मन केसी, महासचिव डा. हेमराज शर्मा, कोषाध्यक्ष महेश श्रेष्ठ महिला संयोजक भूमा लिम्बु, सचिवालय प्रमुख डा. हेमन्त डवाडी, श्रीराम घिमिरे लगायतको टोली काठमाण्डौं विश्वविद्यालय धुलिखेल पुगेको थियो ।

यसअघि संघले एनआरएन विज्ञ सम्मेलन वारे परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलगायत नेपाल सरकारका उच्चअधिकारीसंग छलफल गरेका थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *