बलात्कारको आरोप लागेको सिद्धबाबा अदालत परिसरबाट फरार

डिसी नेपाल
९ माघ २०७६ १८:०९

काठमाडौं । सिद्धबाबा भनिने कृष्णबहादुर गिरी अदालत परिसरबाटै फरार भएका छन् । बलात्कारको आरोप लागेका उनलाई पेशीका लागि लैजाने क्रममा उच्च अदालत विराटनगरबाट फरार भएका हुन् ।

गिरीले आफ्ना अङ्गरक्षक सहित गाडी अदालत परिसरबाट फर्काएर जोगबनी नाकाबाट भारत तर्फ गएको जनाईएको छ ।

जिल्ला अदालत सुनसरीले दिएको आदेश चित्त नबुझेको र प्रतिवादीलाई थुनामा राख्नु पर्ने र कारवाहीको प्रकृया अगाडी बढाउनु पर्ने भन्दै उच्च् अदालतमा अघिल्लो बिहीबार मुद्दा दर्ता भएको थियो ।

बलात्कारको आरोपमा पक्राउ परेका गिरीलाई जिल्ला अदालत सुनसरीले धरौटीमा छाड्न आदेश दिएको थियो । सरकारी वकिलको कार्यालय सुनरीले आदेश चित्तबुझ्दो नभएको भनि सो आदेश विरुद्ध उच्च अदालतमा मुद्दा दर्ता गराएको थियो ।

उच्च अदालतले गिरीको मुद्दामा बहस गरिरहेको छ । जिल्ला अदालतको मुद्दालाई सदर गर्ने की बदर गर्ने भन्ने फैसला शुक्रबार मात्र गर्ने छ । जिल्ला अदालतको मुद्दा बदर भएको खण्डमा गिरीकारागार चलान हुने छ ।

सुनसरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक यज्ञविनोद पोखरेलका अनुसार गिरी उपचारका लागि भन्दै भारत गएका हुन्। गिरीले उपचारका लागि भारत गएको भन्दै अंगरक्षकसमेत फिर्ता गरेको उनको भनाइ छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *