सिद्धबाबालाई पुर्पक्षका लागि थुनामा राख्न अदालतको आदेश, बाबा भने फरार

डिसी नेपाल
९ माघ २०७६ १८:२२

काठमाडौं। बलात्कारको आरोप लागेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई पुर्पक्षका लागि थुनामा राख्न उच्च अदालत विराटनगरले आदेश दिएको छ । मुख्य न्यायाधीश तीलप्रसाद श्रेष्ठर प्रेमराज कार्कीको संयुक्त इजलासले सुनसरी अदालतको आदेश बदर गर्दै पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।
जिल्ला अदालत सुनसरीबाट धरौटीमा छुटेका उनीलाई आफ्नै अनुयायीलाई बलात्कार गरको आरोप लागेको छ । जिल्ला अदालतले गरको फैसला चित्तबुझ्दो नभएको भनि उच्च अदालत विराटनगरमा मुद्दा परेको थियो ।

जिल्ला अदालत सुनसरीले गिरीलाई धरौटीमा छोड्न दिएको आदेशविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय सुनसरीले उच्च अदालत विराटनगरमा निवेदन दिएको थियो।

जिल्लाको आदेश चित्त नबुझेको र प्रतिवादीलाई थुनामा राखेर कारवाही प्रक्रिया अगाडि बढाउनु पर्ने भन्दै उच्च अदालत विराटनगरमा निवेदन दर्ता गरिएको थियो। सोही अनुसार आज उच्च अदालतमा गिरीको पेशी थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *